[ Knock ! Knock ! Let me in ]



एउटा अचम्मको / अजिब / अनौठो किस्सा !

सुरु'मै बताईदिन्छु, यो कुनै लोक कथा / परि कथा होइन ।
यो सत्य घटना हो । यो मेरो कथा / कहानी हो । बुझ्नुस्, यो मेरो जिन्दगीको हिस्साको सानो किस्सा हो !

धेरै धेरै वर्ष पहिलेको कुरा / घटना हो । त्यति धेरै समय पछाडी पुग्नु पनि पर्दैन । यत्ती बुझ्नुस्, म त्यो बेला / समय स्कुलमा पढ्थेँ ।

त्यो बेलाको कुरा हो जुन बेला म पुस्तक पसलबाट उधारोमा साहित्यिक पुस्तकहरु ल्याएर पढ्ने गर्थें, दुई तीन दिनमै फर्काउने सर्तमा । पुस्तकहरुलाई म सकुशल फर्काउथेँ । तर, म आफू भने घायल हुन्थेँ । पुस्तक भित्रका पात्रहरुले कहिले हसाउँथ्यो, कहिले रुवाउँथ्यो, मार्थ्यो कहिले पुन-जन्म दिन्थ्यो ।

म पुस्तकहरु भेटिए जति पढ्थेँ । मलाई कुन पुस्तक कुन लेखकले लेखेको हो, कुनै मतलब / वास्ता लाग्दैन्थ्यो । मलाई मात्र गुदिको / कथाको / पात्रहरुको मतलब हुन्थ्यो ।

पुस्तकहरु नभएको दिन म पत्रीका पढ्थेँ । पत्रीका पसलबाट पुराना पत्रीकाहरु माग्थेँ / ल्याउथेँ । त्या छपिएका घटना, दुर्धटना, परिघटना सब्बै पढेर रित्याउथेँ । पढ्ने यस्तो बानी / लत बसेको थियो कि चर्पी / ट्वाईलेट जाँदा पनि केही न केही पढ्ने खुराक लिएरै जान्थेँ ।

मैले उधारोमा पुस्तक ल्याईरहने पसल बिक्री भयो । पुस्तक उपलब्ध हुनै छाड्यो । पढ्नमा रुचि भएका साथीहरु कोहि थिएनन् । पुस्तक किनेर पढ्नलाई ढेवा मरु !
{ढेवा- पैसा, मरु- थिएन }

म त्यो बेला / समय नेपाली साहित्य मात्रै पढ्थेँ । दैनिकी पत्रीका पढ्थेँ । साप्ताहिक पत्रीका पढ्थेँ । मासिक पत्रीका पढ्थेँ ।
डोगा र नागाका रंगिन कमिक्स पुस्तकहरु पढ्ने बानी चाहिँ काठमाडौँ पसे पछि छोडियो / छुटियो ।


पढ्ने तिर्खा बढ्दै गयो । अक्षरहरुको भोक झन्झन् बढ्न थाल्यो । केही दिनपछी ममि / आमालाई फकाएर / मनाएर एउटा रास्टिय दैनिक पत्रीकाको ग्राहक भएँ / बनेँ । हरेक दिन ढोकामा पत्रीका आउँथ्यो । कम्तिमा हरेक दिन म पढ्न पाउथेँ / पढ्थेँ ।

एक दिन सदा'झैं पत्रीका आयो ढोकामा दस्तक दिन । पत्रीका संगै एउटा पुस्तक पनि थियो जसको कभर एकदमै पुरानो /च्यातिएको / मैलिएको थियो ।
पुस्तकको नाम थियो- "The Secret Mountain"
मैले च्यातिएको कभर माथी अर्को कभर लगाईदिए / हालेँ ।
कभरमा आफैंले चित्र पनि कोरे / बनाए ।
मैले त्यहीँ राती "The Secret Mountain" पढेर सके । मैले पढेको त्यो पुस्तक नै मेरो पहिलो अङ्ग्रेजी साहित्यिक पुस्तक बन्यो / भयो ।

अर्को दिन पत्रीका ल्याउने मान्छेलाई त्यो पुस्तकको बारेमा सोधेँ / भने । उसले त्यो पुस्तकको बारेमा आफुलाई केही पनि थाहा नभएको बताए । त्यो पुस्तक मेरो ढोकामा कसरी आईपुग्यो ? मैले छेउछाउको छिमेकीहरुलाई सोधेँ । कसैलाई केही थाहा थिएन । जे होस्, त्यो पुस्तकले मलाई अङ्ग्रेजी साहित्यतिर लोभ्यायो । त्यसपछी खोजीखोजी पढ्न थाले, अङ्ग्रेजी साहित्य ।

यो बिच समयमा दैनिक ढोकामा पत्रीका राख्ने हातहरु परिवर्तन भैरहे । यो बिच समयमा थुप्रै पुस्तकहरु पढेँ । नेपाली भन्दा धेरै अङ्ग्रेजी पुस्तकहरु पढेँ । मागेर पढेँ । आफैले किनेर पढेँ । पुस्तक उपहारहरु पनि पाईरहे । अहिले चाहिँ पुस्तक मागेर पढ्ने बानी हटेको छ । आफैं किनेर पढ्ने गर्छु । पुस्तक उपहार बेलाबेला पाईरहन्छु । दैनिक पत्रीका पढ्छु । सनिवार आधी दर्जन पत्रीका पढ्छु ।
[ मेरो फ्लोवर र देशको फेवरमा छपिएका मात्रै पढ्छु ]

केही दिनअघि मात्रै, सदा'झैं ढोकामा पत्रीका आईपुग्यो । पत्रीका संगै एउटा पुस्तक पनि थियो जसको कभर एकदमै पुरानो / च्यात्तिएको / मैलिएको थियो ।
पुस्तकको नाम थियो- "Wuthering Heights"

 मरो मस्तिष्क घुमेर सिधै त्यहीँ वर्ष / समयमा पुग्यो जुन समयमा मैले यसरी नै पत्रीका संगै "The Secret Mountain" पुस्तक भटेको थिए । मैले यो क्लासिक पुस्तक "Wuthering Heights"को बारेमा धेरै नै सुनेको थिए । मैले च्यातिएको कभर माथी अर्को कभर लगाईदिए / हाले । कभरमा आफैंले चित्र पनि कोरे / बनाए । काठमाडौं पसे पछि चित्रकाला गर्न छाडे पनि चित्र बनाउने / कोर्ने कला अझैँ बिर्सेको रैनछु । त्यहीँ दिन मैले "Wuthering Heights" पढेर सके ।

अर्को दिन पत्रीका ल्याउने मान्छेलाई त्यो पुस्तकको बारेमा सोधेँ / भने । उसले त्यो पुस्तकको बारेमा आफुलाई केही पनि थाहा नभएको बताए । त्यो पुस्तक मेरो ढोकामा कसरी आईपुग्यो ? मैले छेउछाउको छिमेकीहरुलाई पनि सोधेँ । कसैलाई केही थाहा थिएन ।

मस्तिष्क धेरै हल्लियो । म सोचमग्न भए । "The Secret Mountain" र "Wuthering Heights" दुबै पुस्तकहरुलाई सन्मुख राखेर जाँच्न थाले । दुबै पुस्तकहरु पत्रीका संगै भेटिएका थिए ।
दुबै पुस्तकका कभर एकदमै पुराना / च्यातिएका / मैलिएका थिए । पन्नाहरु पनि मैलिएका थिए । दुबै पुस्तक दोस्रो सँस्करणमा छापिएका थिए । यो पक्का कुनै सँयोग होइन !

कसरी पाईपुगे यी पुस्तकहरू मेरो ढोकामा ? कसले लिएर आए ? कसले छाडेर गए ? यहीँ रहस्य म भित्र अझैँ पनि गडिरहेको / अडिरहेको छ । मुराकामी भन्छन्, कुनै-कुनै रहस्यलाई रहस्य'मै छोडिदिनु ठिक हुन्छ । साँच्चै भन्नुपर्दा, मलाई जान्ने इच्छा पनि छैन । म यत्ती चाहिँ मान्छु, कुनै रहस्यले पुस्तक मेरो ढोकामा छाडेर गयो । कुनै अदृश्यले मलाई पुस्तक उपहार दिएर गयो ।

अहिले पनि म हरेक बिहान ढोकामा पत्रीका लिन जाँदा मनमनै यहीँ कामना गर्छु, पत्रीकासंगै एउटा पुस्तक पनि होस् !

Comments

Popular Posts