[ The Truth behind the Lies ]
सडक रुझेको छ । म भिजेको छु ।
वातावरण गिलो भएको छ । सबै रसिलो देखिएको छ । आकाश ओसिलो देखिएको छ । हिंडिरहेको हावा पोसिलो लागिरहेको छ । आज मन हसिँलो छ ।
धन्न, म प्रसन्न छु । प्रसन्न अकारण छु । सायद कारण खोज्न थाले पछि म दुखी हुन्छु होला । म कारण खोज्दिन पनि । खोज्न चहान्न पनि । कारण खोज्ने काम मेरो होइन, बिज्ञानको हो ।
पानी परेको बेला म हरेक पटक आफ्नै कथा "The girl on the rain" सम्झिने गर्छु । त्यो कथाको सानो टुक्रा थपक्क मेरो ओठमा बस्न आउँछ। 'आकाश रुइरहेको छ, अनि धर्ती चाहिँ रुझिरहेको छ ।
मलाई आकाश र धर्ती, आँखा र परेली जस्तै लाग्छन् ।
एउटा रुने अर्को रुझ्ने !'
'मुझेँ छोड दो मेरे हाल पेँ...... जिन्दा हुँ यार काफी हेँ......'
अमित त्रिवेदिको सुरिलो आवाजले मेरो कानको पर्दालाई मसाज गरिरहेको छ ।
सुर्य क्षीतिजको कतै अतल गहिराईमा डुबिसकेको छ । मेरा सास र पाइला एउटै चालमा हिंडिरहेका छन् । घर पुग्न अझै एउटा चोक कट्न बाँकी छ । अझै रुझेको सडकको छातीलाई भिजेको जुत्ताले मसाज गर्नु छ ।
साँच्चै, हामी दुरि के ले नाप्छौ, बाटोले कि बाटोमा हिंड्ने पाइलाले ? म कहिलेकाहीं चाडैं घर पुग्छु त कहिले ढिला ।
बाटो सधैं त्यहीँ रहन्छ बस् पाइलाहरु लामाछोटा भएर बहन्छ । बाटोलाई पाइलाले नाप्छ, पाइलालाई समयले । अनि समयलाई कसले नाप्छ ? म यस्तै स-साना कुराहरुमा अल्झिन मन पराउछु । यस्तै प्रश्नहरुमा बल्झिन मन पराउछु । अझै अनुत्तरित प्रश्नहरुको बल्छीमा !
भन्छन्, हरेक तालाका चाबी हुन्छन् । हरेक चाबीका ताला हुन्छन् । हरेक प्रश्नहरुको उत्तर हुन्छन् । अनुत्तरित प्रश्नहरु आफैंमा कुनै उत्तर पनि त हुन सक्छन् ।
सबैले मान्छन्, समयलाई आफुले फेर्ने सासले नाप्छ । जब सास रोकिन्छ उसको समय पनि रोकिन्छ । त्यसपछी हामी नाप्न थाल्छौ, उसको रोकिएको सासलाई, उसको समयलाई ।
केहिले भन्छन्, उसले छोटो समयमा लामो जिन्दगी जियो । केहिले असहमत जनाउँछन्, होइन उसले लामो समयमा छोटो जिन्दगी जियो ।
बाटोको लम्बाई गन्तव्य नपुगी कहिल्यै थाहा हुँदैन । जिन्दगीको लम्बाई पनि मृत्यु नआई थाहा नहुँदो रहेछ ।
एउटा परिचित अनुहार म संग ठोक्किन आईपुग्छ । उसले एउटा हातमा छाता र अर्को हातले बिरालो च्यापेको छ ।
उसको मुख चल्छ, " कता हराएको यार, यति धेरै समय ?"
म हराएको पो थिए ? आफू हराएको आफुलाई थाहा नहुँदो रहेछ । पक्का हो, कसैले खोजेन भने आफैं हराईदोरहेछ । म टाढा होइन नजिक नै थिए । मान्छेहरु नजिक भएकाहरुलाई बेबास्ताले नाप्दा रहेछन् ।
" म त यहीँ त छु । कहाँ हराउनु !" मेरो पनि मुख चल्छ ।
" मेरो मतलब तपाईंको कथा आउनै छोड्यो । लेख्नै छोडियो कि क्या हो ?" उसको ओठ तन्किन्छ ।
उसले मलाई होइन, मेरो कथालाई खोजेको रहेछ । म होइन, कथा पो हराएको रहेछ । यो राम्रो कुरा हो, मान्छेलाई नामले होइन कामले नाप्नुपर्छ ।
" लेख्न होइन, देखाउन छोडेको !" मेरो मुस्कान पनि रुझ्छ ।
" त्यो त राम्रै हो, देखाउनु पनि हुँदैन ! उ मुख बिगार्दै पुन सोध्छ, " अरु बताउनुस् ?"
"अरु सब बिन्दास ! बरु तपाईंको बताउनुस् ?"
बल्छीमा झुन्डिएको माछा जस्तै झुन्डाउछ उसले आफ्नो अनुहार, " म उदास छु ।"
म बिन्दास, उ उदास ! कम्तिमा हामी दास नै रहेछौं । दासत्वको अन्त्य कहिल्यै नहुँदो रहेछ । खुशीको कुरा भन्यौं या दुखको, मालिक फेरि हामी स्वयंम'नै हुन्छौं ।
"किन र, के भयो ?" म चिन्ता देखाउछु ।
हातले च्यापेको बिरालोलाई देखाउदै भन्छ, " हेर्नू न मेरो बिरालो बिरामी भएको भयै गर्छ । अहिले पनि भेटनरीतिर जाँदै छु ।"
म दुख देखाउने असफल प्रयास गर्छु ।
हामी एक अर्काको धेरै समय लिदैनौँ । भनिन्छ, बाटोमा धेरै अल्झियो भने गन्तव्य रिसाउछ रे । त्यसैले हामी केही शब्दहरु बाड्छौँ र आ-आफ्नो बाटो लागि हाल्छौँ ।
बिरालोले गर्दा एउटा साथीको याद मस्तिष्कमा दस्तक गर्न आईपुग्छ ।
उसले पनि एउटा बिरालो पालेको थियो । पालेको दुई हप्तामै बिरालोलाई रोगले लिएर गयो । आज उ दुर कुनै भूगोलमा रमाईरहेको छ ।
म बेला बेला उसलाई सम्झिने गर्छु । हामी टाढा भएका मान्छेहरुलाई सम्झनाले नाप्दा रहेछौं ।
केही समय अघि मात्रै मुराकामीको किताब "The Wind-Up Bird Chronicle" पढेर सकेको थिए ।
त्यस किताब भित्र पनि एउटा बिरालो छ जो घर छाडेर कतै भाग्छ, हराउँछ । उसको मालिक उसलाई खोज्न निस्किन्छ ।
मेरो मस्तिष्कको गल्लीमा एक्कासी अनेकौं रंगका बिरालोहरु सलबलाउन थाल्छन् । घर पुग्नै लाग्दा एउटा बिरालोले मेरो बाटो काट्छ ।
म भन्दा केही कदम अगाडि हिंडिरहेको एउटा मान्छे अडिन्छ । सायद उसले सोच्यो होला, अशुभ भएछ, अमगंल भएछ, अपशकुन भएछ । म मुस्कुराउदै सारासर अगाडी बढ्छु त्यो मान्छेलाई पछाडी पारेर ।
त्यसपछी उ पनि ढुक्कसंग अगाडी बढ्छ । उसलाई पक्का लाग्यो होला, अमगंल ममा सर्यो ।
हामी भन्छौं, दुनियाँ बिश्वासमा अडेको छ । किन भन्दैनौँ, अन्धविश्वासमा गडेको छ ?
म पछाडी फर्केर हेर्छु । बाटो छेउबाट त्यो बिरालोले मलाई एकोहोरो हेरिरहेको छ । बिरालोको आँखामा म एक अनौठो किसिमको भय देख्छु। मलाई त्यहीँ भयले बिस्तारै कोतार्न थाल्छ । यस्तो लाग्छ, मलाई केही भन्न खोज्दै छन् ती तर्सिएका आँखाले ।
बिरालोको आँखामा छापिएको त्यो भयलाई म पढ्न थाल्छु । हतारिएर गोजिबाट मोबाईल निकाल्छु ।
अघि बाटोमा भेटेको साथिलाई सन्देश लेख्छु, ' साथी, तिम्रो बिरालोलाई केही भएको छैन । भेटनरी नलैजाउ, बरु छोडिदेउ कुनै गल्लीमा ।'
म पुन त्यो बिरालोको आँखा पढ्न खोज्छु ।
'म्याउ........' बिरालोको मुखबाट निस्किएको आवाज मलाई कुनै आहट जस्तै लाग्छ, चिच्याहट जस्तै लाग्छ । जसले भनिरहेको छ, 'हे, दुष्ट मान्छे मैले बाटो काट्ने बेलामा तँ किन देखा परिस् । अब मलाई पक्का अशुभ हुन्छ, अमंगल हुन्छ, अपशकुन हुन्छ ।'

Comments
Post a Comment