[ Mirror : Reflection of the Horror ]





म स्वयंम आफैंमा एउटा कथा हुँ अनि मात्रै एउटा कथाकार !

तपाईंहरु सबैलाई आज म आफुले रचेको कथा होइन मेरो आफ्नै कथा कहन्छु / भन्छु / सुनाउछु !
 जुन कथा मैले आजसम्म बुझ्न सकेन, बुझाउन सकिन, सम्झिन सकेन, सम्झाउन सकिन, पढ्न सकेन, समाधान गर्न सकेन !

सम्झिनुस / बुझ्नुस, यो कथा एउटा रहस्य हो, पेँहेली हो !

सायद तपाईंहरुले यो रहस्यको गाँठो खोल्न सक्नुहुन्छ कि ?

धेरै बर्ष पहिलेको कुरा हो !
होइन, होइन धेरै बर्ष होइन जम्मा सत्र {17} बर्ष पहिलेको कुरा / कथा / कहानी / घटना / हो ।
म आठ {8} बर्षको थिए । एकदमै साधारण, एकदमै लजालु, एकदमै जिज्ञासु, एकदमै फरक, एकदमै एकान्तिक, एकदमै शान्त थिए ।

एकदिन मैले आफु सुत्ने खाटको मुनि एउटा बिशाल ऎना फेला पारेँ । आमाबुबा, दाइभाई सबैलाई मैले ऎनाको बारेमा भने, सोधेँ ! परिवारको कुनै पनि सदस्यहरुलाई त्यस ऎनाको बारेमा ज्ञान थिएन / भएन - त्यो कसरी पाईपुग्यो ? कहाँबाट आईपुग्यो ? कसले लिएर आयो ?

दुईदिन पछी सबैले त्यो ऎनाको बारेमा टाउको दुखाउन / वास्ता गर्न छाँडे ! मैले भने त्यो बिशाल ऎनालाई आफ्नो कोठाको भित्तामा टासिंदिए ।

त्यहीँ ऎनालाई हेर्दै हाँस्न थाले, रमाउन थाले, रुन थाले । मेरो आकृति पनि म संगसंगै हाँस्थ्यो, रमाउथ्यो, रुन्थ्यो । म घन्टौंसम्म आफ्नै आकृतिलाई हेर्दै टोलाउन थाले । सोच्न थाले- सन्मुख रहेको आकृतिलाई मात्रै ऎनाले किन परावर्तित गर्छ / देखाउछ ?
लुकेको अरु आकृतिहरुलाई किन देखाउदैन ऎनाले ? मेरो आठ वर्षको कलिलो मस्तिष्क रबर जसरी तन्किन्थ्यो ।

र एकदिन अचम्म / आश्चर्य भयो !

म त्यो ऎनाको सन्मुख उभिएको थिए । तर त्यो ऎनाले मेरो मात्रै होइन अर्को आकृति पनि देखायो ।
म झस्किए । तर्सिए ।
दुईवटा आकृतिहरु क्रमश: एउटा मेरो स्वयंमको थियो । अर्को चाहिँ अपरिचितको थियो जसको अनुहारमा डरका रेखाहरु कोरिएका थिए ।
मलाई यस्तो लाग्यो, म ऎना होइन भित्तामा टासिंएको कुनै चित्र हेर्दै छु ।

यो कसरी सम्भव भयो ?

म ऎनाको नजिक गएर पढ्न खोजे त्यो आकृतिलाई / अपरिचितलाई । तर, सकेन ।
को थियो त्यो मान्छे ? त्यो कसको आकृति थियो ?

ऎना साँच्चिकै जादुयी थियो / रहेछ ।

मलाई अहिले त्यो ऎना सम्झिँदा अरु दुई जादुयी ऎनाको याद / सम्झना आउँछ ।

एक - "ह्यारी पोटर एन्ड दि फिलोसोफर्स स्टोन" मा रहेको जादुयी ऎना जसले आफ्नो स्वच्छ / सफा / निस्चल / सुन्दर मनले चिताएको / मागेको कुरा देखाउछ / दिन्छ ।

अर्को - " स्नो ह्वाइट एन्ड द हन्ट्सम्यान" मा रहेको जादुयी ऎना जसले संसारमा भएको सबैभन्दा सुन्दर अनुहार कसको / कहाँ छ भनेर बताउछ । 

म कयौं दिन आफ्नो र त्यहीँ अपरिचितको आकृति देख्न थाले त्यो जादुयी ऎनामा । सधैं त्यो अपरिचितको आकृति डराएको / हराएको देखिन्थ्यो ।

र एकदिन -
सधैं जस्तै म त्यो ऎनाको अगाडि उभिएको थिए । मेरो आकृति संगै त्यो अपरिचितको आकृति पनि उभिएको थियो ।

एक्कासि गोलिको आवाज आयो । म डराए । आत्तिए । दौडेर यताउती हेरे । कहिँ, केहि, कोहि देखिन ।
यत्तिकैमा मेरो आँखा ऎनामा पर्न गयो ।

ऎनामा म संगै उभिएको त्यो अपरिचितको आकृति भुइँमा ढलिरहेको थियो । उसको कन्चटबाट रगत बगिरहेको थियो । गोलि अरु कसैलाई होइन उसलाई / त्यो अपरिचितलाई लागेको थियो ।

यो कसरी भयो ?
खास यो ऎनाले मलाई के भन्न / देखाउन खोज्दै छ ?

म झन् डराए / तर्सिए / आत्तिए / बहुलाए ।

चुपचाप भित्तामा टासिंएको त्यो बिशाल जादुयी ऎनालाई निकालेर खाट मुनि सुताईदिए / लुकाईदिए ।

अर्को दिन बुबाले हामी सबै परिवारका सदस्यहरुलाई जानकारी गराउनु'भो, " हिजो राती हाम्रो घरमा चोरी भयो ! मैले सेफमा राखेको बन्दुक कसैले चोरेर लग्यो !"

           
                               [ सत्र {17} बर्ष पछि ]


मलाई एक्कासि त्यो बिशाल जादुयी ऎनाको असिम याद / सम्झना आयो ।

 मैले बिर्सिसकेको थिए, म संगै देखिएको / उभिएको त्यो अपरिचितको आकृतिलाई / रुपलाई / स्वरुपलाई ।

आफू सुत्ने खाट मुनिबाट त्यो बिशाल जादुयी ऎना निकाले र पुन भित्तामा टासिंदिए ।

ऎनामा आफुलाई हेरे / नियाले / जाँचे / पढेँ ।

ऎनाले मेरो मात्रै आकृतिलाई परावर्तन गराएको / देखाएको थियो । अरु कुनै अपरिचितको आकृति ऎनामा टासिंएको थिएन । मलाई लाग्यो, समयसंगै ऎनाको यादु / शक्ति पनि सकियो ।

एकछिनसम्म आफुलाई ऎनामा यसरी हेरिररे मानौं मैले आफुलाई पहिलोपल्ट देख्दै / हेर्दै छु ।

एक्कासी मेरो अनुहारमा डरका रेखाहरु छापिन थाले । खुट्टा लुकलुक काँप्न थाले । शरीरमा पसिना उम्रीन थाल्यो । म शिथिल हुँदै गए ।

म आठ {8} वर्षको हुँदा जुन अपरिचितको आकृति मैले ऎनामा देखेको थिए, त्यो अरु कसैको होइन, मेरो स्वयंम'कै थियो- {25} वर्षको म !

के यो जादुयी ऎनाले भबिस्य देखाउछ ?

 मेरो मस्तिष्क भित्रका तारहरु फेरि तन्किन थाले । मलाई भयानक डर / त्रासले बिस्तारै निल्न / चपाउन थाल्यो । यस्तो लाग्थ्यो, मलाई कसैले एसिडमा डुबाईदिएको छ र म बिस्तारै गल्दै / पग्लिदै छु ।

ऎनाले देखाएको भबिस्य अनुसार म केही दिनमा मर्दै छु ! कसैले मेरो कन्चटमा गोलि ठोक्नेछ / हान्नेछ !

यहीँ घारिलो यथार्थले मेरो गला रेट्न थाल्यो । म छटपटाउन थाले । निसासिन थाले ।

म दिनहुुँ जसो डराउदै / हराउदै त्यो ऎना हेर्न थाले । सायद मलाई आफ्नै मृत्यु हेर्नु थियो । सायद मलाई हेर्नू थियो, मलाई कन्टचमा गोलि हान्नेको आकृति / अनुहार ।

समय आफ्नै नियममा बग्दै गयो । म भित्रको डर / त्रास भने जमेर बसेको थियो । म आफ्नो मृत्युदिन कुर्न थाले । मलाई कुनै जादुको / चमत्कारको प्रतीक्षा थिएन जसले मेरो भबिस्य बद्ल्दिवस् । मेरो मृत्युलाई मृत्युपुजक / यमराजबाट खोसिदिवस् / चोरिदीवस् ।

मलाई त बस्, त्यो अनुहार / आकृति हेर्नू थियो जसले मेरो आत्माबाट शरीर खोसेर लानेछ, मलाई मार्नेछ, मेरो कन्चटमा गोलि ठोक्नेछ ।

को हुनसक्छ त्यो मान्छे / आकृति ?

मैले आफ्नो दुश्मनहरुको लिस्ट / सुचि तयार पारे । ती दुश्मनहरुसंगको दुश्मनी जोख्न / तौलिन थाले । ती कसैसंग पनि मेरो त्यस्तो खत्रा / भयानक दुश्मनी थिएन जसले गर्दा उनिहरुले मेरो ज्यान'नै लिन परोस् ।

मेरो मृत्यु हुने दिन -

म डराउदै ऎनाको सन्मुख उभिएको थिए । ऎनामा मेरो आकृति पनि डराएको / हराएको देखिन्थ्यो ।
मृत्युले दुख्छ कि दुख्दैन ? पोल्छ कि पल्दैन ?
म यस्तै सोचको पुच्छर सामाएर यताउती भट्किन / तड्पिन थाले ।

यत्तिकैमा गोलिको आवाज आयो । म भुइँमा पछारिए । तातो लोहाको गोलि मेरो कन्चट भित्र घुम्न थाल्यो । बाक्लो रातो रगतले बाटो पायो, मज्जाले / नमज्जाले बग्न थाल्यो ।

मेरो आँखाले घमिलो देख्न थाल्यो । कोठा पुरै घुम्न थाल्यो । शरीरबाट आत्माले बिदाई माग्न थाल्यो ।

मेरो सन्मुख एउटा आकृति हातमा बन्दुक बोकेर उभिएको थियो । उसको अनुहार धमिलो देखिन्थ्यो । मैले आफ्नो आँखालाई जबर्जस्ति च्यातेर हेर्न थाले ।

मेरा आँखाले ती आँखालाई चिने । मैले त्यो आकृति / अनुहारलाई चिने । हातमा बन्दुक लिएर उभिएको आकृति अरु कसैको थिएन मेरो स्वयंम'कै थियो- {8} वर्षको म !

मैले सम्झिए- म {8} वर्षको हुँदा बुबाले एकदिन भन्नुभएको थियो, 'मैले सेफमा राखेको बन्दुक कसैले चोरेर लग्यो !'

[ हामी मान्छेको सबैभन्दा ठूलो शत्रु / दुश्मन अरु कोहि होइन, हामी स्वयंम नै हौं ! दुश्मन = (आफ्नै )दुषित मन ]

यो पेँहेली / रहस्यको गाँठो खोल्ने जिम्मा तपाईंहरुको !

म गए शरीर खोज्न !

Comments

Popular Posts