" That Dark Night "
त्यो रात भुतको होइन, अदभुतको थियोे ।
घडिले रातको एक बजाईसकेको थियो ।
मेरो आँखाले निन्द्रालाई अझै कुरेर बसिरहेको थियो ।
त्यो रात निन्द्राले भने आफ्नो बाटो बिराए जस्तो लाग्थ्यो।
न त कुनै तनाव, न कसैको भय, न कसैको प्रतीक्षाको व्यग्रता,
न कुनै उल्लास, न कुनै शारिरिक समस्या तैपनि मेरा आँखाहरुको ढकनी बन्द हुन मानिरहेका थिएनन् ।
कहिले दायाँ पल्टिन्थ्ये । कहिले बायाँ । कहिले ब्लान्केटलाई
एकातिर मिल्काउथ्ये । कहिले पुरै शरीर ढाक्ने गरेर ओड्थ्ये।
जे गरे पनि आँखाले निन्द्रा भेट्टाउन सकिरहेको थिएन ।
छट्पटी भैरहेको थियो । मुलायम बिस्तरामा होइन कुनै तातो तावामा पल्टिरहेको जस्तै लाग्थ्यो। के गर्यौ, गर्यौ भैरहेको थियो । स्लीपिङ ट्य्ब्लेट पनि थिएन।
पलङ संगैको टेबलल्याम्प अन गरे ।
केही समय टोलाइरहे या भनै निन्द्रा लाग्ने जुक्ति खोज्न थाले ।
संगै पल्टिरहेको मोबाईलाई उठाए ।
हेडफोन दुबै कानमा कोचे। औंलाहरु मोबाईलको स्क्रिनमा दौडाउन थाले । म्युजिक स्टोर खानतलासी गर्ने थाले । एउटा सेन्टि गित बजाए अनि आँखा बन्द गरेर पल्टे।
सयौ माहुरीहरु कानमा गुनगुनाए जस्तो भयो ।
गित बन्द गरिदिए।
अब के गर्ने ?
शिक्षालाई फोन गरुम ?
होस् ! मलाई नै देखिराकी होलि सपनामा के डिस्ट्रब गर्नु !
फोन गरेन !
अब के गर्यौ भयो । टेबलमा मजासंग सुतिरहेको ल्यापटपलाई डिस्ट्रुब गर्न मन लाग्यो । ल्यापटप अन गरे ।
फेसबुक खोले । माथी देखि तलसम्म न्युजफिड सरसर्ती हेरे ।
झ्याउ लागेर आयो तर निन्द्रा आएन। ल्यापटपलाई पुन टेबलमै सुताईदिए। नजर फेरि घडितिर लगाए । पौने दुई भएको रहेछ।
समय कछुवा जस्तै घिसृरहेको झै लाग्यो।
आफ्नो शरीरलाई जबर्जस्ति उठाएर झ्यालतिर मोडे ।
पर्दा सारे, चिसो हावाका झोकाहरु एकएक गर्दै मेरो अनुहारमा चुम्बन गर्न थाले। स्ट्रीट्ल्याम्पले मधुरो प्रकाश छरिरहेको थियो। घर, रुख, सडक सबै मस्त निन्द्रामा थिए। रुखमुनि एउटा बढो मान्छे सुतिरा'को देखे।
कस्तो मजासंग सुतेको ! मलाई न्यानो बिस्तरामा नआएको निन्द्रा त्यो बूढो मान्छेलाई चिसो भुईमा आएको थियो।
एकछिन त्यो मन्छेलाई हेरेर टोलाइरहे ।
अबभने बिस्तारै आँखाहरु लोलाउन थाल्यो । मादकताको नसा'झै लाग्न थाल्यो । निन्द्राले आखिर मेरा आँखाहरु भेट्टाउन लागे जस्तै भयो। कहिलेकाहीँ अरुको सन्तुष्टि देखेर आफू सन्तोष हुनुपर्दो रहेछ।
निन्द्रा सबैभन्दा मीठो आराम हो । आराम गर्न थकान हुनुपर्छ। थकान हुन काम गर्नुपर्छ। कतै सुनेको थिए- "थकानको आराम अमृत हो, आरामको थकान बिष हो !"
साढे तीन भैसकेको थियो । झ्याल, पर्दा लाएर पलङमा पल्टिए। निन्द्राले मेरो आँखा घेरिरहेको थियो।
कतिबेला निदाए पत्तै पाइएन।
********************
झल्यास्स बिउझिए ।
झ्यालको पर्दालाइ चिरेर सुर्यको प्रकाश कोठाभरी पोखिसकेको थियोे ।
" होईन कति सुत्छस हँ ! अझै निन्द्रा पुगेको छैन तलाइ ?" ममि कराउँदै कोठामा आउनुभयो । "सात बजिसक्यो ! हिजो पनि 'नौ' बजे नै सुतिस ! कुम्भकर्ण होस् कि क्या हो त?"
मेरो दिमाग रन्थनियो ।
हिजो 'नौ' नै बजे सुतेको रे ?
केही समय पछि पो थाहा भो, मैले त अनिदो रातको सपना पो देखेको रहेछु ।

Comments
Post a Comment