" Nobody can run from their destiny "

अघि घडी हेरेको थिए , समय हेर्न चाहिँ बिर्सेछु ।
पुन घडी हेर्छु - समय जाँच्न !
"कस्तो रोगी समय रहेछ !"
कास्  ! घडिको मात्र नभएर समयको पनि उपचार गर्न मिल्ने भए क्या जाती हुन्थ्यो !

 " दोस्त ! तपाईंको अनुहार किन मस्त संग अस्ताएको छ आज ?" उ आफ्नो ओठमा चुरोट टास्दै सोध्छ ।

"यसको पछाडि एउटा भयानक कारण छ !" म भन्छु ।

"कस्तो कारण ?" धुवाँ उडाउदै पुन सोध्छ , " के म जान्न चहान्छु ?"

"तपाईंले पत्याउनु हुन्न ?" गिलासमा बरफ संग तैरिरहेको एक प्याग स्कच निल्छु ।

"एक चोटि भनेर त हेर्नुस !" उ मेरो हात माथी आफ्नो हात राख्छ ।

"म केही समयमा मर्दै छु ," अस्त देखिएको म, आवाज पनि सुस्त निस्कन्छ । " आइ एम गोइङ टु डाङ आफ्टर अ ह्याइल !"

"यो त अजिब कुरा भएन र ?" उसको आवाज संगै आँखा पनि ठुला हुन्छन् ।

"अजिब होइन यो एकदमै सजिब कुरा हो !" म पुन आफ्नो लागि 'स्कच अन द रक' मगाउछु ।

"तै भएर बिहान बिहानै रक्सी दबाइरहनु भएको ?" उ कफी घुट्क्याउछ ।

"होइन , होइन ! म हरेक बिहान रक्सीलाई दबाइ सम्झेर दबाउछु !" म फेरि थप्छु- " बरु सुत्ने बेलामा चाहिँ कफि पिउछु !"

"तपाईं त कस्तो उल्टो मान्छे !" उ चुरोटको ठुटोलाइ एस्ट्रेमा किचाउछ ।

"म जन्मिदा पनि उल्टै जन्मिएको थिए रे, सायद तै'भएर हो कि ?" स्कच टेबलमा आइपुग्छ ।

"आफू मर्दै हुनुहुन्छ भनेर कसरी थाहा पाउनुभो ?" उ अझै चकितवाला अनुहार लगाउछ ।

"यसको पछाडि पनि एउटा भयानक कारण छ !" गिलासमा तैरिरहेको स्कचलाई तौलिन्छु ।

"कस्तो कारण ?" उ अलि नजिक आउँछ । " के म जान्न चहान्छु ?"

"तपाईंले पत्याउनु हुन्न !" स्कच सिनित्त पार्छु ।

"एक चोटि भनेर त हेर्नुस् !" उ फेरि अर्को चुरोट आफ्नो थुतुनोमा च्याप्छ।

"हिजो राती मैले सपनामा आफू मरेको देखे !" उसको हातबाट चुरोट थुत्छु। " र मैले देख्ने गरेका सपनाहरु सधैं साचो हुन्छन् !"

" यु साउन्ड्स टोट्ल्लि इन्सेन !" उ मेरो हातमा रहेको चुरोट खोस्दै भन्छ - " सपनाहरू साचो हुदैनन् ! दे आर अन्लि इलुजन्स् !"

"तर मेरो सपनाहरू साचो हुन्छन् !" रित्तो गिलास खेलाउछु ।
" यसको पछाडि पनि एउटा भयानक कारण छ !"

" कस्तो कारण ?" उ धुवाँ उडाउदै पुन सोध्छ । " के म जान्न चहान्छु ?"

" तपाईंले पत्याउनु हुन्न !" म फेरि घडी तिर नजर गाड्छु ।

"एक चोटि भनेर त हेर्नुस् !" उ कुर्सीमा सजिलोसँग बस्दै भन्छ।

"केही समय अगाडि मैले मेरो हजुरबुबा मर्नुभएको सपना देखेको थिए, अर्को दिन उहाँ साच्चिकै मर्नुभयो !" अलि अगाडि सर्दै भन्छु - " उहाँ ठ्याक्कै त्यही समयमै मर्नुभयो जुन समयमा सपनामा पनि मर्नुभएको थियोे !"

"दिस इज क्वाइट स्ट्रेन्ज !" उ झन् अचम्मित हुन्छ । "इजन्ट इट ?"

"एस इट इज !" म आँखा चिम्म पार्छु ।

" त्यो पहिलेको घटना र तपाईंको सपना एउटा संयोग मात्र पनि त हुनसक्छ नि, होइन र ?" उसको फोन बज्छ ।

उ फोन उठाउछ । म उसलाई मौन हेरिरहन्छु ।

" सरि है ! म जानुपर्ने भो !" उ उठ्दै भन्छ- " तपाईं जिउनुहुन्छ , अबस्य जिउनुहुन्छ । सपना र बिपनाको दुर दुर सम्म कुनै सम्बन्ध हुदैनन्  ।"

म मन्द संग मुस्कुराउछु ।

"रिमेम्बर !  िड्रम्स् आर अन्लि इलुजन्स् !" उ मेरो आँखाबाट ओझेल हुन्छ ।

म फेरि घडी हेर्छु । समय हेर्छु । दस बज्न दस मिनेट बाकी हुन्छ ।

सपनामा ठ्याक्कै दस बजे मरेको थिए । त्यो अनुसार अब मेरो आयु ठ्याक्कै दस मिनेट मात्र छ । म मनमनै समयलाई क्यालकुलेट गर्छु ।

बाहिर निस्कन्छु । वरिपरि आफ्नो नजर पोख्छु ।
काल मलाई लिन कत्तै बाट हिडेर, दौडेर पो आउदै छ कि ?

त्यो दोस्तले भने'झै पहिलेको घटना र सपना एउटा संयोग पनि त हुनसक्छ ।
वियोग गराउने संयोग !
बिचरा बिचारहरु पौडी खेलिरहन्छन् आफू भित्रको दहमा । छप्ल्याङ, छप्ल्याङ !

ब्यस्त सडकको बिचमा मस्त सुतिरहेको जेब्रा क्रसिङमा पाइला राख्छु । हुत्तिएर आइरहेको माइक्रोले ब्रेक लगाउछ । घ्याच्च !
झन्डै नहानेको !
एकछिन त यस्तो लाग्छ- यो माइक्रो होइन मलाई लिन आएको काल हो । मृत्यु हो ।

म सकुशल सडक पार गर्छु । अनि सरासर आफ्नो गन्तव्य तिर पाइला सोझाउछु । घडी हेर्छु । समय हेर्छु ।
दस बजेर दुई मिनेट गै'सकेको हुन्छ ।

यस्तो लाग्छ- नसामा रगत होइन खुसीको सञ्चार भैरहेको छ ।
सपना फगत सपना रहेछ । अन्लि इलुजन्स !
पहिलेको घटना र सपना संयोग मात्रै रहेछ ।
अन्लि कोइन्सिडेन्ट !

"हेलो आत्मा !" आफू सन्मुखबाट आइरहेका दुई मनुवा मध्ये एकले मेरो बाटो रोक्छ ।

"आत्मा ?" म तर्सिन्छु ।

"एस ! तपाईं आत्मा हुनुहुन्छ !" चस्मा लगाएको मनुवा बोल्छ ।

"तपाईं मरिसक्नुभो !" टोपी लगाएको, अलि अग्लो मनुवा अगाडि सर्छ ।

" हँअ ! कसरी ?" मेरो स्वर सुक्छ ।

ती दुई अपरिचित मनुवाहरुले मलाई आफ्नो पछि आउने इसारा गर्छन् ।

म तिनीहरुको पछि पछि लाग्छु ।
अगाडि रहेको मान्छेको झुन्ड भित्र मलाई घकेलिदिन्छन् ।

मेरो शरीर काप्न थाल्छ ।
माइग्रेनले भन्दा खतरा टाउको दुख्न थाल्छ ।

मेरो मृत शरीर मेरो सन्मुख चिर निन्द्रामा हुन्छ ।
म त्यही समय'मै मरेको रहेछु, जुन समयमा सपनामा मरेको थिए ।

"हामि मात्र तपाईंलाई देख्न सक्छौ, अरुले सक्दैनन् !" अघिको अग्लो मनुवा बोल्छ ।

"तपाईंहरु पनि आत्मा ?" उनिहरु तिर हेर्दै सोध्छु ।

"हजुर, हामी पनि आत्मा !" अग्लो मनुवा हाँस्छ ।

चस्मा लगाउने मनुवा अगाडि सर्दै भन्छ, " तपाईं मरेको आत्मा, हामी चाहिँ जिउदा आत्मा !"

अग्लो मनुवा म तिर हात तेर्साउदै भन्छ, " म राजु झल्लु प्रसाद अनि उ चाहिँ रितेस !"

Comments

Popular Posts