" Mind: The Mysterious Labyrinth "
मान्छेको मस्तिष्क- सबैभन्दा डेन्जरस् !
मान्छेको मन- सबैभन्दा अनप्रिडेक्टएबल !
यिनिहरु दाजुभाइ जस्तै हुन् ।
लेट्स से, दे आर टुइन ब्रोदर्स !
मनमा भावनाहरुको आना जाना भै'रहन्छ, मस्तिष्कमा तर्कहरुको लर्को लागिरहन्छ ।
ताज्जुबको कुरो के हो भने सबैभन्दा नाजुक पनि यिनिहरु नै हुन्छन् ।
यी दुईलाई सन्तुलनमा राख्न सकेन भने मान्छे असन्तुलित हुन्छ ।
क्र्याक हुन्छ ।
जस्ट लाइक मि !
म नर्मल मान्छे तर एबनर्मल व्यबहार देखाउन थालेको छु रे ।
यो अरु कसैले होइन, मेरो आफ्नै परिवारले भनेको, सुनाएको, जानकारी गराएको, अबगत गराएको ।
मेरो दिमाग स्टेबल छैन रे ।
दिदी भन्नुहुन्छ- " भाइ, त ठिक छैनस ! यु रियल्ली निड हेल्प !"
त्यसैले बिगत केही हप्ता देखि म दिमागि डाक्टर 'साइक्यािस्ट्रक' को मा धाइरहेको छु ।
तपाईं मान्नुस या नमान्नुस यो कुरा सत्य हो-
" बिइङ नर्मल इज एन एबनर्मल !"
हामी सबै एबनर्मल छौ !
होईन त ?
**********
"कस्तो भयो आजको सेसन ?" टिभीबाट आफ्नो नजर मोड्दै दिदिले सोध्नुहुन्छ ।
आफ्नो रुम तिर जाँदै गरेको पाइलालाई ब्रेक लगाउदै भन्छु,
" सधैंको जस्तै !"
फेरि सोध्नुहुन्छ, " केही नयाँ ?"
"प्रोग्रेस हुँदै छ रे !" म झ्याउ मान्दै भन्छु । " आइ गेस, आइ एम डुइङ वेल !"
"साउन्ड्स गुड !" टिभी तिर फर्किदै भन्नुहुन्छ- " तेरो लागि एउटा गिफ्ट आएको छ !"
"गिफ्ट ?" अचम्मित हुन्छु । "कसले दिएको ?"
म तिर फर्किदै भन्नुहुन्छ, " मलाई के थाहा, आफै गएर हेर्न !"
म दौडिदै पुग्छु आफ्नो रुम ।
टेबलमा झोला लडिरहेको हुन्छ । रंगिन पेपरले र्यापिङ गरिएको गिफ्ट निकाल्छु । उत्साहित हुँदै अनर्याप गर्छु ।
"चार्ल्स मार्टिनको किताब 'ह्वेर द रिभर इन्डस्' !"
मैले धेरै पहिले बाट पढ्न खोजेको किताब !
एकछिनसम्म किताबलाई सुम्सुम्याइरहन्छु, पन्नाहरुलाई सुँघिरहन्छु, ओल्टाइपल्टाइ गरिरहन्छु ।
सोच्छु- कसले दिएको होला यस्तो सुन्दर उपहार ? मैले पढ्न खोजेको किताब यहीँ हो भन्ने कसरी चाल पायो होला ?
मेरो चाहा कसले थाहा पायो होला ?
खुशी संगै चकित नि हुन्छु ।
कतै केही नोट पो छोडेको छ कि भनेर गिफ्ट ल्याएको झोला हेर्छु ।
केही हुदैन । न नाम , न ठेगाना, न त केही !
गिफ्ट आएको थियो, तर कता बाट, को बाट ?
अ गिफ्ट केम फ्रम नोह्वेर !
सायद कोहि शुभचिन्तकले दिएको हुनुपर्छ, म अनुमान मार्छु ।
सोफामा बस्दै दिदीलाई सोध्छु, " गिफ्ट पुर्याउन को आएको थियो ?"
" के रै'छ गिफ्ट ?" म तिर हेर्दै भन्नुहुन्छ । " डेलिभरी ब्वाइ आएको थिए , तेरो नाम लिएर !"
"मेरो नाम ? " म उठेर लाग्छु आफ्नो रुम ।
गिफ्ट आएको झोला हेर्छु ।
झोलामा "द लास्ट बुक हाउस " लेखिएको हुन्छ । सायद यहि गए पछि थाहा हुन्छ कसले र किन पठाइएको हो भनेर !
यहीँ रहस्य खोल्न दौडिन्छु "द लास्ट बुक हाउस" !
**********
"एस्क्युज मि !" द लास्ट बुक हाउसको काउन्टर अघि उभिन्छु ।
"एस !" घोप्टो परेर मोबाईलमा आँखा गाडिरहेको साउजी म तिर हेर्दै भन्छन् । " हाउ क्यान आइ हेल्प यु ?"
किताबलाई काउन्टरमा त्यर्साउदै सोध्छु, " यो किताब मेरो एड्रेसमा डेलिभर गराउनु भएको रहेछ, को मान्छेले पठाउन लगाएको ? तपाईं संग केही डिटेल छ ?
"के मजाक गरेको भाइले !" साउजी हाँस्न थाल्छन् ।
"किन ?" म निधार खुम्च्याउछु ।
" भाइ, यो किताब किन्न तिमी नै आएका थियौ !" आफ्नो हाँसो सम्हाल्छन् । " तिमिले नै डेलिभरी गर्न लगाएका हौ आफ्नो घरमा !"
म रन्थनिदै आफ्नो घरको बाटो लाग्छु ।
के साच्चै मेरो दिमाग स्टेबल छैन ? साच्चै म असन्तुलित भएको हुँ ? पागल भएको हुँ ?
प्रश्नहरुले घोच्न थाल्छन् एकएक गरि ।
********
घर भित्र पस्ना बित्तिकै दिदी मेरो सामु उभिनुहुन्छ, " तेरो डाक्टरले फोन गरेको थियोे !"
" के भन्नुभयो त ?" म सोध्छु ।
"दुई दिन भयो रे, तँ नगएको !" दिदी कराउनुहुन्छ । " भन'त तँ डाक्टरको मा नगएर कहाँ जाने गर्छस् ?"
रगत नशामा झन्झन् तीब्र गतिमा दैडिन थाल्छ । मस्तिष्कमा भएको सबै तारहरु तन्किएर चुँडिएला'झै हुन्छ ।
डाक्टरको मा नगएर कहाँ जाने गर्छु ?
साच्चै म कहाँ जाने गर्छु ? त्यो मलाई नै थाहा छैन !

Comments
Post a Comment