" Letter from the past "
तँ ?
तिमी ?
तपाईं ?
हजुर ?
या अरु केहि ?
आफुले आफुलाई नै चिट्ठी लेख्नुपर्यो भने तपाईं आफूलाई कुन शब्दले सम्बोधन गर्नु हुन्छ ?
आफू संग नजिक हुने सबैभन्दा बढी हामी आफू नै हौँ ।
तर, कहिलेकाहीँ हामी आफैं संग सबैभन्दा टाढा हुन्छौं । यत्ती टाढा हुन्छौ कि बोलाउनलाई न नाम भेट्छौ न सम्बोधन गर्नलाई कुनै सर्वनाम नै । हामी अरु नै कोहि बन्ने धुनमा आफुलाई पुर्ण रुपमा बिर्सिन्छौ कहिलेकाहीँ ।
हामी बिगतको कलिलो बालापनलाई मात्र सम्झिन्छौ ।
हामी भबिस्यको बुढौलिपनलाई चाहिँ किन याद गर्दैनौ ?
सायद हामिमा त्यो शाहस कहाँ ?
सधैं अन्धकार रहस्यमय ठान्छौ भबिस्यलाई । त्यसैले त हामीलाई सबैभन्दा डर भबिस्य कै लाग्छ ।
डियर रितेस गुरुङ !
रितेस गुरुङ ?
म आफुलाई रितेस मात्र भन्न / लेख्न रुचाउछु ।
यसको मतलब म आफ्नो जातलाई अबहेलना गर्छु भन्ने होइन, सम्मान गर्छु अरु जातिलाई जत्तिकै ।
हिन्दिमा एउटा कहावत छ नि- " नाम मे क्या हे !"
म भन्न चहान्छु 'जात मे भि क्या हे' ?
सांसरमा अहिले सम्म भएका ठुला ठुला युद्धहरुको कारण नै कि धर्म बनेका छन् कि त जात ।
यी फेरि प्रकृतिले दिएका होइनन्, हामी मान्छेले नै बनाएका ।
हामी मान्छे नाम मा होइनौ काम मा बिश्वास गर्ने तर जातको मामिलामा चाँहि किन अन्धबिस्वास गर्ने ?
किन यत्ति सार्हो भेदभाव ?
म गुरुङ भन्दा पहिले एउटा नेपाली हु ।
सबैलाई चेतना भया !
डियर रितेस !
पचास वर्षको म कस्तो देखिन्छु होला ? कस्तो सुनिन्छु होला ?
कहाँ हुन्छु होला, के गर्दै हुन्छु होला ?
या, म हुँदिन कि ? मरिसकेको पो हुनेछु कि ?
यस्ता भावनाहरु मनको दहमा पौडी खेल्दा कता कता तरंगित हुन्छु, उत्साहित हुन्छु, रोमाञ्चक हुन्छु , डराउछु पनि ।
भबिस्य पनि कल्पनाको आकाश जस्तै हुँदो हो - उँडु उँडु लाग्ने। स्वर्ग जाने सडक जस्तै हुँदो हो - गुँडु गुँडु लाग्ने ।
पचास बर्षको म !
कत्ती बाटोहरु हिड्छु होला । कत्ती ठेस लाग्दो हो ।
कत्ती माया पाउछु होला । कत्तीले घृणा गर्दो हो ।
अनुहारलाई दुखको कत्ती रेखाहरुले चाउरी बनाउछ होला ?
टाउकोमा सुखको कत्ती फुलेका केसहरु उम्रनछन् होला ?
डियर पचास बर्सिय रितेस !
तँ पनि मलाई लेख है एउटा चिट्ठी । आफुले भोगेको ब्यथा बारे , लेखेको कथा बारे ।
जसरी म भबिस्यको तँलाइ सम्झेर लेख्दै छु, तँ पनि बिगतलाई याद गरेर मलाई लेख है ।
ती बाटो, दोबाटो , गल्ली, उपगल्ली, उकाली, ओराली , भञ्ज्याङ् , देउराली , शहर , गाउँ , ठाउँ सब्बै सब्बै को बारेमा लेख है ।
सपना, बिपना, रहर, इच्छा, सङ्हर्स, हर्ष, आँसु सब्बै सब्बै पोख है ।
कति जिन्दगी जिउछु होला मैले ?
कतिको जिन्दगीको साक्षी हुन्छु होला ?
कस्तो समय हुनेछ त्यो ?
कस्तो परिवेश हुनेछ त्यो ?
कस्ता मान्छेहरु हुनेछन् ?
कस्ता भगवानहरु जन्मिने छन् ?
कत्तिको आँखाको कसिङर हुन्छु होला , कत्तिलाई साथ दिने हात बन्छु होला ?
सब्बै सब्बै बयान गर है !
मैले अहिले देखेको सपनाहरू कति सफलतामा बदलिन्छन् होला, कतिले असफलता चाख्छन् होला !
रहरहरु कति पूरा हुन्छन् होला, कति अधुरा हुन्छन् होला !
बिगतमा गरेको गल्तिले कति ग्लानी हुन्छु होला ?
कत्तिको ज्ञानि हुन्छु होला ?
गर्नुपर्ने तर नगरेको कत्ती काम सम्झेर कत्तिको चुकचुकाउछु होला ?
यि पाइलाहरुले कहाँ कहाँ को माटो टेक्न पाँउछ होला ?
यी आँखाहरुले कहाँ कहाँ को आकाश छाम्न पाँउछ होला ?
स्मृतिमा कस-कसको बाँस हुन्छ होला ?
सपनामा को-को आँउछन् होला ?
धड्कन को-को बन्छन् होला ?
तड्पन को-को हुन्छन् होला ?
सब्बै सब्बै भन है !
डियर रितेस !
पचास वर्षको हुँदा-
इच्छाशक्ति कत्तिको हुन्छ होला तेरो ?
शरीरमा कत्तिको उर्जाशक्ति हुन्छ होला ?
ब्यवहार , सपना, रुची, स्वभाव , नजर , गुण, लत, आदत कत्तिको परिवर्तन हुन्छन् होला ?
यस्तो लागिरहेको छ- म आफुलाई होइन अरु नै कोहि अपरिचितलाई चिट्ठी लेख्दै छु ।
चिट्ठी लेख्दै छु एउटा जन्मिन बाँकी बुढौली कायालाई जसको आँखा मेरा जस्तै हुनेछन् । तर सायद ती आँखाले देख्ने सपनाहरू मेरा भन्दा फरक हुनेछन् ।
रितेस !
मलाई नबिर्से है !
आफ्नो बिगतलाई नभुल है !
********
" के भयो ड्याड ! किन रुनुभएको ?" सायद मेरो आँखा रसाएको देखेर होला छोरीले सोध्छे ।
" चिट्ठीले रुवायो !" म आँसु पुछ्दै भन्छु ।
"चिट्ठी ?" कौतहल्ताका साथ सोध्छे । "कसले पठाएको ?"
" धेरै आयु पहिले मैले नै मेरो लागि लेखेको चिट्ठी !" म भन्छु ।
छोरी आँखा तन्काउछे, " हावा हावा कुरा गर्नुहुन्छ तपाईं पनि !"
सायद छोरीले पत्याइन ।
म मुसुमुसु गरि मुस्कुराउछु ।
छोरी ढोकाबाट चियाउदै भन्छे, " ह्याप्पी बर्थडे ड्याड ! बधाई छ तपाईंलाई, आज तपाईं पचास बर्षको हुनुभो !"
"थ्याङ्क यु छोरी !" म मुस्कुराउछु ।
"बेलुकी सेलिब्रेट गर्नुपर्छ है !" यत्ती भनेर छोरी बाहिर जान्छे ।
म पुन आफुलाई लेखेको आफ्नै चिट्ठीमा घोत्लिन थाल्छु ।
कुनै कालखण्डमा मैले भबिस्यको "म" लाई लेखेको चिट्ठी त मैले वर्तमानमा पाए ।
तर, अब मैले भुतकालको "म" लाई चिट्ठी लेखेर पठाउदा के त्यो बिगतको "म" ले पाउछ होला ?
*********

Comments
Post a Comment