" The girl who appeared out of a blue and disappeared without a clue "

" The girl who appeared out of a blue
and disappeared without a clue !"

ढक.... ढकढक.... ढक .... ढकढक ....

कसैले ढोका ढकढक्याउछ !

हेर्दै गरिरहेको इरानि फिल्म 'द सङ्स अफ स्प्यारोज्' लाई पज गर्छु र ढोका खोल्न आफुलाई उठाउछु ।
ढोका खोल्छु !

हाम्रा आँखा चार हुन्छन् । ती एकजोडी लजालु, गाँजलु, मायालु, नसालु आँखाहरु मैले यस अघि कहिलै देखेको थिएन।
लाग्छ, ती आँखाहरु कसैलाई घायल बनाउन प्रयाप्त छन् ।

पृष्ठभुमिमा 'अतिफ अस्लमको' गित-  'पेँहेली नजरमेँ केँसा जादु कर्दिया... ' बजे'झैँ लाग्छ मलाई !

पहिलो नजर'मै कसैसंग के प्रेम हुन सक्छ ?
कि, प्रेम नभएर त्यो 'एट्र्याक्सन' हो जुन पछि गएर 'डिसट्र्याक्सन' भै'दिन्छ ?

जे सुकै होस्, म भित्र लड्डु फुटिरहन्छ, फुल फुलिरहन्छ, ओँठमा मुस्कान खेलिरहन्छ !
म उनलाई हेरेको हेर्यौ हुन्छु !

उनको ओठ चलमलाउन थाल्छ, " हेर्नु'न भर्खर मात्र सिफ्ट भएको यहाँ, सामानहरु लथालिङ्ग छ । केही सहयोग गरिदिनुहुन्छ कि ?"

उनी मेरो रुम संगैको रुममा सिफ्ट भएकी रहिछिन् । अब हामी छिमेकी भएका छौं । पक्का छिमेकी !
मेरो मन बगैँचा हुन्छ । भमराहरु भुनभुनाउन थाल्छ, चराहरु गुनगुनाउन थाल्छ ।

                        **** नेक्स्ट डे ****

पत्रीकाको फ्रन्ट पेजमा मेरो आँखा जाम पर्छ !
बिल्कुलै नयाँ फ्लेवरको समाचार छापिएको हुन्छ !
"ब्लड ब्यान्कबाट ब्लड चोरी !"

बिस्तारै बिस्तारमा समाचार पढ्न थाल्छु !

" ललितपुर बालकुमारी स्थित 'ब्लड ब्यान्क रेड क्रस' बाट ब्लड चोरी भएको छ- लगभग सय पाउन्ड जति !
यो घटना रातको एक - दुई बजेको बिचमा भएको हुन सक्ने अनुमान लगाइएको छ ! राति डिउटी गरिरहेका स्क्योरिटी गार्डका अनुसार न उनीहरुले केही सुने, न त केही देखे नै ! सिसि टिभी क्यामेरामा पनि केही कैद भएको छैन !
यो एकदमै अचम्मको घटना हुन गएको छ ! मान्छेहरुले अनेक थरीका अड्कलबाजी गर्ने थालेका छन् ........... "

मेरो मस्तिष्कले सोच्न थाल्छ ! तर्क, बितर्कले घोच्न थाल्छ !

"के पढ्दै हुनुहुन्छ त्यसरी घोरिएर ?" पछाडिबाट उनको आवाज आउँछ !

मेरो ध्यान भंग हुन्छ !

"पत्रीका !" उनी तिर फर्किदै भन्छु !

"हिजो सहयोग गरिदिनुभयो ," मुस्कुराउदै भन्छिन्, " त्यसको बदलामा कफि ख्वाउछु, हिंड्नुस जाम !"

मन फुरुक्क हुन्छ । शरीर जुरुक्क उठाउछु ।
हिजोको मेरो सहयोगले के उनी साच्चै मेरो ऋणी भएकी हुन् ?
के उनले सहयोग चुक्ता गर्नै पर्छ ?
खोइ, थाहा छैन !
तर, म चुक्ता ब्याज सहित लेनेवाला छु !
म भित्र भित्रै मुस्कुराउछु !

हामी बसन्तपुर जान्छौं ।
बसन्तपुरमा भुकम्पको दाग जस्ताको तेस्तै छ ।
यस्तो लाग्छ, बसन्तपुर होइन शिशिरपुर हो ! उजाड, उदास !

'हिमालयन जाभा' भित्र पस्छौ !
उनी 'हट चकलेट' अर्डर गर्छिन् , म चाहिँ 'एमिरिकाने' गर्छु ।
केटिहरुलाई चकलेट नै किन मन पर्छ होला ?
चकलेट जस्तै हुन कि चकलेट जस्तै भएर ?
त्यो मलाई थाहा छैन !
तर, उनी फरक छिन् । मलाई फरक लाग्छिन् ।
कसरी, त्यो पनि मलाई थाहा छैन !
उनी म संगै छिन् र म मख्ख छु, तेति चाहिँ मलाई थाहा छ ।

कफिको चुस्की संगै हामी गफ्फिन थाल्छौ ।
म उसको सामु खुल्दै जान्छु , उ भने लज्जावती झार जस्तै खुम्चिदै जान्छिन् ।
उ आफ्नो काहानी खुलाउन मान्दिन, म आफ्नो नभएको कथा बनाउदै जान्छु, भन्दै जान्छु ।

" माला कस्तो मन पर्यो मलाई," उनले लगाइरहेको मालालाई इँगित गर्दै भन्छु, " डायमन्डको हो ?"

"हो !" हातमा माला खेलाउदै भन्छिन्, " हजुरआमाले दिनुभएको ! अनि हजुरआमालाई उहाँको आमाले दिनुभएको रे !"

केही बेरको बसाइँ पछि हामी निस्किन्छौ । तालु पग्लाउने प्रचण्ड घाम लागेको छ ।
हामी हाम्रो पाइलाहरु ठमेल तिर सोझाउछौ ।

मान्छेहरुको तेति भिड छैन ।
एउटा मोटरसाइकल हामी अघिबाट तुफान कुँदेर आउँछ ।
र पत्तै नपाइ मोटरसाइकलको पछाडि सिटमा बसेकोले उनको माला लुछिसक्छ ।
म कराउँदै मोटरसाइकलको पछि भाग्छु । तर, त्यो मेरो आँखाबाट ओझेल भै'जान्छ ।

म दौडिदै उनि भए तिर फर्किन्छु । उनी सडकमा लडिरहेकी हुन्छिन् । म उसलाई उठाउछु ।
उनी बटारिन थाल्छिन् । उनको शरीरबाट मासुको पाप्रा पाप्रा उप्कन थाल्छ । उनी फेरि जमिनमा पछारिन्छिन् । उनी खुइलिदै जान्छिन् , मैन जसरी पग्लिदै जान्छिन् । उनी बिस्तारै खरानी हुँदै जान्छिन् । हावाले त्यो खरानीलाई पनि बगाइदिन्छ।

यसरी उनको जीउँदो जाग्दो शरीर मेरो सन्मुख विलीन हुन्छ ।
कतै विलुप्त हुन्छ ।
म हेरेको हेर्यौ हुन्छु यो अचम्मको घटनाको साक्षी भएर ।

यो के भयो ? कसरी भयो ? किन भयो ?
नसामा रगत होइन प्रश्नहरु बग्न थाल्छ !

                      *** एनोदर डे ***

रुम बाहिर हल्लाखल्ला छ ! म पनि बाहिर निस्किन्छु !
त्यो केटिको रुम भित्र मान्छेको झुन्ड देख्छु ।
घरबेटी र केही मान्छेहरु रुम खानतलासी गर्दैछन् ।
सायद उनिहरुलाई थाहा भयो होला, हिजोको अचम्मको घटना !

एउटा सुन्दर रहस्यमयी चरि जो मेरो गुँड संगैको गुँडमा बस्न आइन् र फेरि उडेर कत्तै बिलिन भइन् ।
यस्तो लाग्छ, यो एउटा तितो सपना हो मैले खाने गरेको एमेरिकानो भन्दा तितो ।

म चारैतिर आँखा डुलाउछु । त्यो केटिको चित्र आफू भित्र कोर्न थाल्छु, मेट्छु, फेरि कोर्छु ।

"यता हेर्नुस् त, के रहेछ !" एकजना केटा फ्रीजको ढोका खोल्दै चिच्याउछ ।

मेरो आँखा पनि तेतै दगुर्छ ।
देख्छु, रगतको पोकै पोका !

मेरो आँखामा हिजोको पत्रीकाको फ्रन्ट प्रेजमा छापिएको समाचार नाच्न थाल्छ ।
"ब्लड ब्यान्कबाट ब्लड चोरी !"

धरमराउदै आफ्नो रुम पस्छु !
शंका, उपशंकाको घना जङ्गल बन्छ म भित्र । हत्तपत्त ल्यालटप खोल्छु !
गुगल गर्छु- " Vampire "
अर्थात- 'पिचाश' !

हात काप्न थाल्छ ! खुट्टा डगमगाउन थाल्छ ! मुटु बेस्सरी घड्किन थाल्छ ! टाउको फनफनी घुम्न थाल्छ !

उनले लगाएको मालामा एकप्रकारको शक्ति थियो ।
यस्तो शक्ति जुन शक्तिले उनी हामी आम मान्छे जसरी घामको उज्यालोमा पनि हिँड्न सक्थिन् ।

सुनेको थिए, पिचाशहरु घामको उज्यालोमा डड्छन्, जल्छन्, मर्छन् !

के साच्चै उनी पिचाश थिइन् ? रगत पिउथिन् ?

अहँ, मलाई थाहा छैन !

" एउटि केटि अचानक आइ र भयानक बिलाइ ,"
यत्ती मात्र थाहा छ !

तर, कुनैदिन उनको बारे पक्कै एउटा कथा लेख्नेछु-
" The girl who appeared out of a blue
 and disappeared without a clue !"

                               ******

Comments

Popular Posts