" Dont wake me up "
भ्वाउ ....भ्वाउ ....भ्वाउ....
कुकुरहरु एकनासले, एकैलयमा भुकिरहेकाछन् - एकोहोरो !
थाहा छैन के सुनेर भुक्दै छन् ?
के सुँघेर भुक्दै छन् ?
सुन्ने अनि सुँघ्ने क्षमता खतरा हुन्छन् यी कुकुरहरुसंग !
हामी मान्छेले सुन्न नसक्ने अल्ट्रा साउन्ड कुकुरहरुले सुन्न सक्छन् !
तर पनि अल्ट्रा साउन्ड भन्दा बढी डेसिबल भएको आवाज हामी सुन्न सक्छौं !
कहावत छ नि- "भित्ताको पनि कान हुन्छ !"
हामी मान्छे भित्ता हौं, कान हौं !
रात मस्त निन्द्रामा छ । आँकाशमा टासिंएको जून मुस्कुराइरहेको छ ।
मेरा पाउहरु मलाई बोकेर हिँड्दैछन् ।
मलाई लाग्छ, पाउहरु बहुतै मेहनती भरिया हुन् ।
फरक यत्ती हुन्छ - कोहि भरिया घनी हुन्छन्, जुत्ता लगाउछन् ।
कोहि भरिया गरिब हुन्छन्, नाङ्गो हिँड्छन् ।
मस्तिष्क सपाट छ ! मन सखाप छ !
यत्ती बुझ्नुस म अस्त मस्तिष्क र ध्वस्त मन लिएर हिँडिरहेको छु ।
कस्तो होला त्यो मान्छे जो यस्तो अबस्था लिएर हिँड्दैछ ?
ठिस ?
गलत !
ठिस मान्छेहरुको त मस्तिष्क ब्यस्त हुन्छ र मन मस्त हुन्छ !
म त शुन्य छु, शुन्य भएको छु !
क्लान्त मान्छे शान्त खोज्न हिंड्छ, त्यसैले एकान्त हुँदैछु ।
गोजिबाट सुर्य चुरोट निकाल्छु । ओँठमा च्याप्छु । सल्काँउछु ।
मुख भरिको धुवाँ आँकाशमा टासिंएको जून तिर फ्याँक्छु ।
जूनलाई सुर्य मन पर्दैन । मलाई जुन रिसाए'झै लाग्छ ।
रातको दुई बजेको छ ! म हिँडिरहेको छु चिल्लो सडकमा, आफ्नै रफ्तारमा !
मलाई हिँडिरहन मन पर्छ ।
बलिउड फिल्म 'हाइवेमा' आलिया भट्टले भनेजस्तै- " मलाई कहिँ पुग्नु छैन, जहाँ बाट आए मलाई त्यहाँ फर्किनु पनि छैन ! तर यो बाटो.... यो बाटो मलाई खुब मन पर्छ । यो कहिलै नसकियोस, कहिलै नटुङियोस ! म बस् हिँडिरहु, हिँडिरहु !"
"आज तिमी ढिला भयौं !" पछाडिबाट कसैको मधुर आवाज आउँछ ।
म पछाडि फर्किन्छु ।
सफेद अनुहार, लामो कालो चिल्लो कपाल, पुरै कालो पहिरन, गहिरो कालो आँखा भएकि स्त्री मलाई रंगिन मुस्कान दिइरहेकि
हुन्छिन् ।
"म त कुरेको कुरै !" आफ्नो ओठलाई अझै तन्काउदै मेरो नजिक आँउछिन् ।
म मौन हुन्छु । यस्तो लाग्छ, मेरा इन्द्रियहरुले काम गर्न छोड्दैछन् । नसामा रगत बग्न बन्द भए'झै लाग्छ, मुटुले धड्किन छोडे'झै लाग्छ ।
समय फ्रीज भए'झै लाग्छ ।
तर उनी मेरो सन्मुख सल्बलाइरहन्छिन्, चल्मलाइरहन्छिन् ।
मलाई खल्बलाइरहन्छिन् ।
"तिमिले मलाई फेरि बिर्सियौ है ?" तन्किएको उनको ओँठ खुम्चिन्छन् ।
मेरो चोर र माझी औंलाको बिचमा जलिरहेको चुरोटले मलाई पोल्छ । म हप्तौं पछि कोमाबाट बिउँझिए जसरी बिउँझिन्छु, झस्किन्छु ।
फ्रीज भएको समय पग्लिन थाल्छ, बग्न थाल्छ ।
" तर केही छैन, म तिमीलाई सबै याद गराउछु !" मेरो हात समाउदै भन्छिन् ।
"तिमी ....... " शब्दहरु मेरो गलामै जाम पर्छन् ।
"आउ, त्यहाँ बसुम !" मलाई डोर्याउदै सडक छेउको उडन बेन्चमा लग्छिन् ।
रात चिरनिन्द्रामा छ । जून उसै गरि मुस्कुराइरहेको छ ।
रातको दुई बजे हामी दुई बसेका छौं उडन बेन्चमा दुई इन्चको दुरिमा ।
मलाई डर होइन, अचम्म लागिरहेको छ । चिन्ताले होइन, कौतहल्ताले छोपेको छ ।
"म डायन हु !" म तिर आफ्नो नजर सोझाउदै भन्छिन् ।
"डायन ?" म निधार खुम्चाउछु ।
" मलाई डायन, किच्कन्डी, चुडेँल, भुत, प्रेत जे भन्दा पनि हुन्छ।" नजर नचाउदै भन्छिन् , " हामी प्रत्येक रात यसरी नै भेट्ने गर्छौं !"
"प्रत्येक रात ?" म अचम्मित अनुहार लगाँउछु ।
उनी मलाई बिस्तारै बिस्तार लगाउन थाल्छिन्, " तिमी अहिले सपना देख्दै छौं, आफ्नै सपनामा यात्रारत छौं । र तिम्रो सपनामा म आएको छु, सधैंको जस्तै ।"
"म सपना देख्दै छु ? आफ्नै सपनामा छु ?" म आफैं भित्र बर्बराउन थाल्छु ।
"मैले भनेको बिश्वास लागेन ?" उनी हाँस्न थाल्छिन् ।
म जुरुक्क उठ्छु र हिंड्न् थाल्छु । उनी पनि म संगै हिंड्न् थाल्छिन् ।
"तिमी मेरो सपनामा सधैं आँउछौ, तर पनि मलाई किन तिम्रो बारे केही याद छैन ? म जिज्ञासु अनुहार बनाउछु ।
"किनभने यो सपना हो, तिम्रो सपना ! अक्सर अघिल्लो रातको सपना मान्छेले पछिल्लो दिन बिर्सने गर्छन् ।" म तिर हेर्दै नहेरी भन्छिन् , " भोलि फेरि तिमिले मलाई बिर्सिने छौ, र मैले फेरि यसरी नै तिमीलाई याद गराउनु पर्नेछ !"
हामी एकअर्का संग समानान्तर भएर हिड्दैछौं । म गहिरो सोचको तलाउमा डुब्दैछु । उनी किनारमा बसेर मलाई पछिल्लो सपना बयान गर्दैछिन् ।
यसरी मैले कति पटक सपना देखि हुँला । कति पटक बिर्से हुँला । कति पटक उनी मेरो सपनामा आँइन् होलि । कति पटक मलाई याद गराइन् होलि ।
मलाई केही थाहा छैन, केही याद छैन ।
म बिस्तारै सोचको तलाउमा पौडिन थाल्छु र किनार लाग्छु ।
उ म संगै हिँड्दैछिन् । म वरिपरिको वातावरणलाई छाम्छु, ठाउँ नियाल्छु ।
साच्चै यो कुन ठाउँ हो ? मलाई थाहा छैन ।
म कहाँ बाट आएको, कहाँ जाँदै छु ? त्यो पनि थाहा छैन ।
के साच्चै यो सपना हो , मैले देखिरहेको सपना ?
मेरो अस्त मस्तिष्क ब्यस्त हुन थाल्छ ।
"यदि यो सपना भए तिमी किन सधैं आँउछौ मेरो सपनामा ?" टक्क रोक्छु आफ्नो पाइला ।
उनि पनि अडिन्छिन् , " किनभने तिम्रो यो आत्मा मलाई मनपर्छ !"
"आत्मा ?" मेरो मनतातो शरीर चिसो हुन थाल्छ ।
"हो, तिमी आत्मा हौं ! अहिले तिम्रो शरीर निन्द्रामा छ ।" उनको अनुहारमा केही गम्भीरता छाउछ, " सपनामा शरीरले होइन, आत्माले यात्रा गर्छ !"
म फेरि फ्रीज हुन्छु, स्तब्ध !
मेरो हात समाउदै भन्छिन्, " तिमीलाई र मलाई दुबैलाई हिँड्न खुब मन पर्छ, आउ संगै गरौं गन्तव्य नभएको यात्रा !"
हामी एकअर्काको हातमा हात बाँधेर हिँडिरहन्छौ । उनी सुनाइरहन्छिन् मैले देखेका सपनाहरू, म अधिर भएर सुनिरहन्छु ।
एक्कासि मेरो शरीर झन्झन् चिसो हुँदै जान्छ । वातावरण पनि धमिलो धमिलो हुँदै जान्छ । उनको आवाज मधुरो मधुरो हुँदै जान्छ । उनी ओझेल हुँदै हुँदै जान्छिन् । आँकाशमा टासिंएको जून ठूलो ठूलो हुँदै जान्छ, झन् चम्किलो हुँदै जान्छ ।
एकछिन पछि आँखा अगाडि जताततै उज्यालो मात्रै छाँउछ ।
यो मलाई के भैरहेको छ ?
म बिउँझिन्छु, असिनापसिना भएर !
ममिको हातमा रहेको टर्चको उज्यालो मेरो अनुहार भरी पोखिएको हुन्छ ।
यताउती हेर्छु । अन्धकार छ । रात निन्द्रामै छ ।
म आफुलाइ घर अगाडिको बगैंचामा पाउछु । ममिले मलाई समाइरहनु भएको छ ।
"के भयो ममि ?" म डराउछु ।
" तेरो यो बानी देखेर म हैरान भैसके !" ममि दिक्क मान्नुहुन्छ, " अबबाट तलाई बाँधेर सुताउनुपर्यो ।"
"के भयो भन्नु'न ?" म आत्तिन्छु, झन् डराउछु ।
"तेरो यो राती निन्द्रामै हिँड्ने बानिले मलाई खुब दुख दिया'छ ! बुझिस !" ममि मलाई समाउदै घर भित्र लानुहुन्छ ।
*********

Comments
Post a Comment