" The Diary of Ritesh "
5:00 A.M.
अल्राम बज्छ !
क्रिस्टिना पेरिको गित 'अ थाउजेन्ड इयर्स ' बज्न थाल्छ !
"........ आइ ह्याभ डाइड एभ्रीडे वेटिङ फर यु
डार्लिङ डोन्ट बि अफ्रेड आइ ह्याभ लभ्ड यु
फर अ थाउजेन्ड इयर्स
आइ लभ यु फर अ थाउजेन्ड मोर ....."
बिस्तारै आँखाको ढकनि खुल्छ । म बिउझिन्छु ।
हुन त बिउझिन आँखा खोल्नै पर्छ भन्ने छैन ।
म धेरै पल्ट आँखा नखोली नै बिउझिएको छु , आँखा बन्द नगरी नै निदाएको छु ; जसरि हिड्दै नहिडी म कयौं पटक कल्पनामा पुगेको छु ।
'अ थाउजेन्ड इयर्स' सके पछि म अर्जितको 'हवाए' गित बजाउछु ।
" तुँझुको मेँ रँखुलु वहाँ जहाँ पेँ कँहि हेँ मेरा यकिँ
मेँ जो तेरा ना हुँआ किसिका नहिँ किसिका नहिँ ..."
बिहान एकदुई वटा रोमान्टिक गित नसुनी मलाई बिस्तारा छोड्नै मन लाग्दैन । रोमान्टिक गितले शरीरको पूरा रोम रोम रोमान्टिक भै'दिन्छ ।
त्यसैले मेरो लागि बिहान बिहानै रोमान्टिक हुनु एन्टिक कुरो होइन ।
हिजो राती म संगै निदाएको थियोे- नाजेरियन लेखक चिन्युवा आजिभोको किताब 'थिङ्स फल अपार्ट' !
किताबलाई हत्केलामा उठाउछु । पन्ना पल्टाउछु ।
पृष्ठ नँ चालिसमा बुकमार्क 'परेवाको प्वाँख' जस्तो अबस्थामा राखेको थिए तेस्तै छ- निन्द्रामै ।
म कहिलेकाहीँ आफुलाई अनायास तुलना गर्ने गर्छु अफ्गानी लेखक खालिद हुसेनिकोको किताब 'एन्ड द माउन्टेन्स् इकोड' को पात्र 'परि' संग ; जसलाई चराहरुको प्वाँख संकलन गर्ने अनौठो रुचि हुन्छ ।
शरीरलाई तन्काउदै बिस्तारै म बिस्तारा छोड्छु ।
6:00 A.M.
स्वयम्भूनाथ : अ मन्की टेम्पल !
बालाजुबाट मर्निङ वाक गर्दै स्वयम्भू आएको छु । हुन त मलाई भगवान संग भेट्न मन पर्दैन । भगवान र मेरो सम्बन्ध अझै पनि तितो नै छ, तर पनि म स्वयम्भु भने आइरहन्छु ।
मलाई काठमाडौं उपत्यकाको यो अग्लो थलोमा खै किन छुट्टै स्वादको हावा बग्छ झैँ आभास हुन्छ ।
मर्निङ वाक गर्न आउनेहरुको मज्जाको भिड छ ।
कोहि पुस अप, कोहि चीन अप, कोहि सेट अप, कोहि रनिङ ।
सबै आ-आफ्नै किसिमका शारीरिक ब्यायाम गर्दैछन् ।
मलाई लाग्छ- शारीरिक ब्यायाम भन्दा मानसिक ब्यायामले मान्छेलाई स्वास्थ्य बनाउछ ।
मस्तिष्कको ब्यायाम गर्न चाहिँ खोइ को आएको छ ?
म धार्मिक होइन मार्मिक मान्छे !
एकचोटि कसैबाट सुनेको थिए- ' धेरै बुक पढ्ने मान्छे भावुक हुन्छन् रे !'
यो कुरो कत्तिको साँचो हो, र कत्तिको काँचो हो मलाई थाहा छैन !
तर म भावुक मान्छे पक्कै हुँ ।
केही समय अगाडि जोन ग्रीश्यमको थ्रीलर 'अ टाइम टु किल' पढेर सकेको थिए । पछिल्लो समय यहीँ किताबले हो, मेरो आँखा रसाइदिएको ।
सानो पोखरीको बिचमा गौतम बुद्ध आफू अगाडि मान्छेहरुको भाग्य जाँच्न खालि भाँडो लिएर मुस्कुराउदै उभिएको छ ।
मान्छेहरु त्यो खाली भाँडोमा सिक्का फ्याँक्दै आ-आफ्नो भाग्या आज्माउदै छन् ।
गौतम बुद्ध हामी मान्छेहरुको भाग्य परिक्षण गर्ने उभिएको कि ब्यापार गर्ने ! म दुबिधामा पर्छु !
7:00 A.M
स्टेसनरी पसलबाट 'द काठमाडौं पोस्ट' किन्छु र नजिकैको चिया पसल भित्र पस्छु । कालो चिया अर्डर गर्छु ।
मलाई कुनै पनि पत्रीकाको पहिलो पन्नाले कहिले पनि तान्दैन ।
सुरुवात सधैं अन्तिम बाट गर्नेगर्छु ।
अन्तिम पन्ना 'च्याम्पियनस् लिग' र 'इन्डियन प्रीमियर लिग' ले भरिएको छ ।
'बुक्स' शिर्षक रहेको पन्ना नँ. 09 पल्टाउछु ।
'न्यु बुक्स' को साइडमा तीन वटा किताबको बारेमा छोट्करिमा लेखिएको छ ।
सिद्धि दास महाजुको 'शिव बिलास' !
शिवानी सिंह थारुको 'काठमाडौंमा एक दिन' !
श्रद्धा शर्माको 'त्यो समय' !
'काठमाडौंमा एक दिन' बाट सुरुवात भएको थियोे मेरो दुई हजार पच्चत्तर साल । 'काठमाडौंमा एक दिन' दुई दिन लगाएर सकेँ ।
नयाँ साल, नयाँ अर्थरको बिल्कुलै नयाँ शैलीमा लेखिएको नयाँ किताब पढ्न पाउनु वास्तवमै मज्जाको कुरो हो ।
'द न्यु योर्क टाइम्सको' बेस्ट सेलर लिस्ट्मा अझै पनि डेभिड बाल्डक्कीको किताब 'द फलेन' अटाएको देख्छु, पढ्छु ।
यी अमेरिकी लेखकको मैले एउटा मात्रै किताब पढेको छु -
'द सिक्स्थ म्यान' !
त्यो मर्डर मिस्ट्री किताब पढिरहदा मलाई फिल्म हेरेको झै अनुभव भएको थियो ।
कानमा हेडफोन कोचेर निस्किन्छु चियापसलबाट !
8:00 A.M
टेलर स्विफ्ट्को 'ब्ल्यान्क स्पेस' बजिरहेको छ ।
मलाई टेलर स्विफ्ट जापानीज लेखक काजुओ इसुगुरोको किताब 'नेभेर लेट मि गो' को पात्र 'रुथ' झै लाग्छ, चुलबुली ।
मलाई एकप्रकारको बानी परिसक्यो, जो कसैलाई पनि आफुले पढेको किताबको पात्रहरु संग जाँच्न, दाँज्न ।
कहिलेकाहीँ त यस्तो लाग्छ, म पनि कुनै किताबको पात्र जस्तै छु जसलाई मैले अहिले सम्म भेटेको छैन, पढेको छैन ।
मैले आफुलाई नभेटेपनी आफ्नो क्रसलाई चाहिँ भेटेको छु- 'आर्या स्टार्क' ! जोर्ज आर.आर. मार्टिनको किताब 'अ सङस् अफ आइस एन्ड फायर सिरिजको' बहादुरी पात्र !
**********
फोन बज्छ !
"हेलो !" फोन उठाउछु ।
"खगेन्द्र लामिछानेको 'डमरुकी डन्डिबियो' चलिरहेको छ," उता बाट साथि बोल्छ, " जाउ हेर्न !"
"तँ एक्लै जा," साथीलाई निराश बनाइदिन्छु, " म भोलि जान्छु हेर्न, आज काम छ !"
"के काम छ र तेरो ?" साथी रिसाउछ , "बिदाको दिन पनि !"
"किताब पढ्दैछु के," आवाज अलि ठूलो पार्छु, " मज्जाको रहेछ !"
"कुन चै किताब ?" साथी जान्न चहान्छ !
" The Diary of Ritesh " म भन्छु ।
"ल ल , तँ किताब पढेरै मर !" साथी रिसाउदै फोन राख्छ !
*********

Comments
Post a Comment