" Death : An origin of Life "

भगवान र मेरो सम्बन्ध बिग्रीएको छ ।
त्यसैले त म मन्दिर जाँदिन , न त भगवानले नै मलाई मन्दिर बोलाउछन्।

यहि कारण हो, म पशुपति नगएको थुप्रै आयु भैसकेको थियोे ।
त्यसको कुनै ठेगान थिएन । कुनै ठेगाना थिएन । कुनै जोखना थिएन । कुनै गणना थिएन ।

मलाई पशुपति मन्दिरको कोखमा सुतिरहेको आर्यघाटको चाहिँ बहुतै न्यार्सो लागिरहेको थियोे । आखिर न्यार्सो पनि भोक र प्यास जस्तै त हुदोरहेछ नि, लागिरहने ।

भगवानले बनाएका मान्छेहरु हरेक दिन मर्छन् । हरेक दिन चितामा जल्छन् , डड्छन् ।
भगवान स्वयं चाहिँ मर्छन्  कि मर्दैनन् होला ?
आफुले बनाएको मान्छेहरु आफू अघि चितामा जल्दा भगवान आफू चाहिँ पिडाले जल्छन्  कि जल्दैनन् होला ?

हु फकिङ केयर्स अबाउट दिस ?
माफ गर्नुहोला ! माथी सेन्सर लगाउनु पर्ने, आइ मीन कैँची चलाउनु पर्ने ठ्याक्कै बिर्सेछु ।
आइन्दा यस्तो गलत हुने छैन ।
हुन त मान्छेहरु गलतको लत बसाल्न खप्पिस हुन्छन् ।

'न्यार्सो' कुनै ह्वाइटबोर्डमा लेखिएको सब्द होइन सजिलै मेटाउनलाई । तर मलाई मेटाउनु थियो ।

एकाबिहानै बालाजुबाट बस चढे घाट जाने । आइ मीन पशुपति जाने । आइ मीन गौशाला जाने ।
सबै सिट भरिभराउ थियोे । बसमा बस्ने होईन उठनुपर्ने भयो ।
दुईवटा टासिंएको सिट जसको माथी महिला सिट लेखिएको थियोे, एउटामा एउटि महिला र अर्को खाली थियोे ।

त्यही खाली महिला सिटमा बस्यौ कि नबस्यौ भयो ।
बसेन ! उठिनै रहे ।

"आउनुस यहाँ बस्नुस !" ती महिलाले आफू संगैको खाली सिटमा बस्ने निम्तो दिइन् ।

"यो त महिला सिट होईन र ?" मेरो नजर ती कन्याको अनुहार भरी पोखियो ।

"महिला होईन , पहिला सिट हो ," उनले मुस्कुराउदै भनिन्- " जो पहिला आउँछ उहीँ बस्छ !"

उनले मज्जा संग भनेको मलाई क्या मज्जा लाग्यो ।

उनको सिट संगै टासिएको सिटमा टासिदै भने, " धन्यवाद !"

"धन्यवाद मलाई दिनुभएको कि सिटलाई ?" मसक्क मस्किदै भनिन् ।

"दुबैलाइ !" म पनि के कम, मस्किदिए ।

"बाइ द वे, आइ एम रुहु ! म तिर हात तेर्साउदै भनिन् ।

उनको हातलाइ आफ्नो हातले कस्दै भने, " वाउ ! ह्वाट अ ब्युटिफुल नेम ! अनि म चाहिँ रितेस !"

"सो ! कहाँ सम्म तपाईं ?" आफ्नो शरीर पुरै म तिर बङ्गाउदै भनिन् ।

कस्तो केटि रहिछे नामको प्रशँन्सा गर्दा नि धन्यवाद नदिने !

"पशुपति सम्म !" मैले भने ।

" सो यु आर अ रिलिजियस पर्सन ! आइ लाइक इट !" खरायोले झै दात देखाइ ।

"होइन, होइन ! पशुपति मन्दिर होइन, पशुपति आर्यघाट जान लाको !" उनले आफ्नो मगजमा बनाएको मेरो आकृती भत्काउदै भने ।

"यति बिहानै न्यानो खाट छोडेर , चिसो घाट तिर ?" स्वभाबिक भन्दा ठूलो आँखा बनाउदै भनिन्- " क्वाइट स्ट्रेन्ज !"

"एस इन्डिड ! अनि तपाईं चाहिँ ?" प्रश्न सोध्ने पालो सायद मेरै थियोे ।

"म चै पशुपति मन्दिर सम्म," उनले फेरि सोधिन्  - " घाट जानुको कुनै कारण ? कोहि आफ्न्त एक्स्पाएर भएको छ हो ?"

" छैन छैन ,कोहि एक्स्पाएर भएको छैन ," बसको झ्याल बाहिर हेर्दै भने- " सम रिजन्स् आर बेटर टु बि बरिड !"

"ओके फाइन !" म बाट आफ्नो नजर मोडिन् ।

कतै सुनेको थिए- " गन्तव्य एउटै हुनेहरु अक्सर बाटोमै भेट हुन्छन् !"
तर हामी बाटोमा भेटिए पनि हाम्रो गन्तव्य नितान्त फरक थियो !
उसको मन्दिर अनि मेरो घाट !
'आवर डेस्टिनेसन वयर क्वाइट डिफ्रेन्ट !'

उनी मित्रपार्कमा झरिन् अनि म चाहिँ गौशालामा।
सोची होलिन् - एकाबिहानै घाट जाने कस्तो घटिया मनुवा रहेछ ।
घाटमा डेट सकिएको डेड बडि मात्र होईन, जिउदो मान्छे आफू अपडेड हुन पनि जान्छन् नि । उनलाई यो कुरा के था ।

म सरासर आफ्नो खुट्टाको पछि पछि घाट तिर लागे । सबै आ-आफ्नो घन्दामा ब्यस्त थिए । घन्दा बोलेतो काम ।
ब्यस्त हुनु मस्तको कुरो हो,
ब्यस्तलाई अभ्यस्त बनाउनु आफू अस्त हुनु हो ।
होईन त ?

एउटा फ्रेस डेड बडिलाई जलाउने सुरसार भैरहेको रहेछ । बिदेशीहरु फोटो खिचिरहेका थिए । स्वदेशीहरु हेरिरहेका थिए। आफन्तहरु रुइरहेका थिए । अनि डेड बडि चाहिँ मस्त निन्द्रामा थियो ।

केहि समय घाटमा आफुलाइ अपडेट गराइसके पछि उक्लिए मित्रपार्क ।
गाडी कुरेर बस्दै थिए । आइ मीन उभिएको थिए ।

"सो, घाटको दर्शन गरेर आउनु'भो ?" अघि बसमा संगै बसेकी परि उर्फ रुहु मेरो सामु देखा परि ।

"उम दर्शन गरे !" मुस्कुराउदै भने- "तपाईंले चाहिँ मन्दिरको दर्शन गर्नुभो त ? आइ मीन भगवानको ?"

"नाइ गरिन ! म पनि घाट मै थिए !" उनले पनि मुस्कुराउदै भनिन्- " म आफुलाई जल्दै गरेको हेरिरहेको थिए !"

मेरा मोङोलियन आखाहरु ठुला ठुला भए, " हँअ ?"

"तपाईंले जुन डेड बडि जलेको हेरेर आउनुभो , त्यो डेड बडि मेरै थियोे ," अनुहार मधुरो पार्दै भनिन्- " म मरि सके ! आइ एम अलरेडी डेड ! म एउटा आत्मा हु ! आइ एम जस्ट अ सोल !"

म काप्न थाले । शरीरमा पसिनाको दाना उम्रन थाल्यो ।
म एउटा आत्मा संग पो वार्तालाप गर्दै थिए ?

उनले फेरि थपिन् - " तपाईंलाई  'रुहुको' अर्थ थाहा छ ?"

मैले टाउको हल्लाए ।

"रुहु भनेको आत्मा हो !" हास्दै भनिन्- " म आत्मा हु !"

वरिपरिका मान्छेहरू मलाई घुरेर हेर्दै थिए । सायद उनीहरुले सोचे होलान् - "कस्तो पागल मान्छे रहेछ , एक्लै एक्लै कुरा गरिरहेको !"

                           **************

"डेथ इज नट एन इन्ड, इट इज एन ओरिजिन अफ लाइफ !"

                            **************

Comments

Popular Posts