" Death is my God "

मुतले बहुत प्रेसर गरिराखेको थियोे ।
लेट नगरी ट्वाइलेट कुदे, र तुरुरुरुरुरुरुरु तुर्काइदिए ।
लगभग एक क्वाटर जति ।

"हेलो रितेस !" कसैले पछाडीबाट कोट्यायो । "हाउ आर यु ?"
धन्न मुत सर्केन !
झोकमा मुतले शोक मनायो ।
कैदीलाई पाइन्ट भित्र कोचकाच पारेर कैद गरे ।
चेन लगाए । शरीरलाई चैन भयो ।

शौचालयमा सन्चो बिसन्चो सोध्ने मान्छे
पक्कै बिसन्चो हुनुपर्छ ।
आगो रिसलाई मथ्थर बनाएर पत्थर बनाए ।

"के म तपाईंलाई चिन्छु !" त्यो अपरिचित मनुवातिर नजर गाड्दै भने ।

"चिन्नुहुन्न ," मनुवाले टाउको हल्लाउदै भन्यो । " तर म तपाईंलाई चिन्छु !"

"तपाईंको परिचय पाउन त्यसोभए ?" भित्तामा रहेको एनामा आफ्नो थोपडा हेर्दै सोधे ।

आफ्नो हात गोजिमा कोचकाच गर्दै भन्यो , "म आफ्नो परिचय तपाईंलाई अन्त्यमा भन्छु , हुन्छ ?"

क्या साइको रैछ यार यो अपरिचित मनुवा ।

फेरि उसले थपिहाल्यो , " बरु अगाडिको कफि सपमा गफ्यौ न, हुदैन ?"

"हुँदैन !" मैले आवाजको ब्यास अलि बढाए । " मलाई हतार छ !"

"मर्न हतार गर्नुहुदैन !" उ मन्द संग मुस्कुरायो ।

"ह्वाट नन्सेन्स !" मस्केको मनुवाको मुखमा मुक्का हान्न मन लाग्यो । "इज दिस सम काइन्ड अफ जोक ?"

"ननसेन्स होईन सेन्सको कुरा गरेको हु मैले !" मुस्कान उसको ओठमा यथास्थान मै थियोे । " जस्ट गिभ मि ट्वान्टी मिनेट्स !"

"सरि ! म संग समय छैन ! " ट्वाइलेटबाट बाहिर निस्किदै भने । " समवान इज एक्सपेक्टिङ मि !"

" एकज्याक्ट लि !" मेरो पछिपछि उ पनि बाहिर आयो ।
"तपाईं संग समय छैन , त्यसैले त समय माग्दैछु ।"

उ तिर फर्की फर्की , तर्की तर्की आफ्नो बाटो तताउन थाले । उ मलाई पछि पछि बाट पच्छ्याइ रह्यो ।

"वेट योङ म्यान !" उसले मेरो हात समाउदै भन्यो- " दिस इज इमपोर्टेन्ट !"

रिस झनक्क उठ्यो ।
साच्चै ! रिस शान्त संग किन उठदैन ?
प्रेम शान्त संग उठछ , झनक्क किन उठदैन ?

मैले सोचे- यो स्ट्रेनजरले मेरो नभएको समय जसरी भएपनि लिने भो । सायद केही महत्त्वपूर्ण कुरा नै हुनुपर्छ । उसले भनेबमोजिम हामी नजिकैको कफि सपमा पस्यौ ।

"यु ह्याभ गट ओन्लि टेन मिनेटस !" कुर्सीमा बस्दै भने । "भन्नुस !"

"के भनुम ?" उसले हास्दै भन्यो ।

"अघि केहि भन्दै हुनुहुन्थ्यो नि !" उसलाई स्मरण गराए । अल्जाइमर रोगी पो थियो कि ?

"के भन्दै थिए , त्यो भनिसके !" अलि अगाडि सर्दै भन्यो- "अब के भन्छु सुन्नुस !"

"भन्नुस !" ठाडो कानलाइ अझै ठाडो बनाए ।

"तपाईं एमेरिकानो मगाउनु हुन्न ?" हास्दै सोध्यो ।

चकित हुँदै सोधे, " मलाई एमेरिकानो मन पर्छ भनेर कसरी थाहा पाउनु'भो ?"

गिजामा भएको जम्मै दात देखाउदै हास्यो , " मैले भनेको होइन , म तपाईंलाई चिन्छु तर तपाईंले मलाई चिन्नुहुन्न !"

मलाई लाग्यो - हि इज नट ओन्लि फ्रीक, बट इन्ट्रेस्टिङ क्यारेक्टर एज वेल ।
यी इन्ट्रेस्टिङ स्ट्रेन्जरले मलाई फलो गर्दो रहेछ ।
र फलो गर्ने मान्छेले कुभलो पक्कै चहादैन होला ।

मैले एमेरिकानो मगाए । उसले आफू चाहिँ केही नलिने भन्यो ।
हामी गफको यज्ञको होमियौ ।

"तपाईंलाई डर लाग्छ ?" अल अफ अ सडन ,उसको अनुहारमा गम्भीरता छायो ।

"डर संग डराउनु पर्ने कर छ र ?" प्रश्नको उत्तर प्रश्न नै दिए।

गम्भीरताको बादल उसको चेहराबाट एकाएक गायब भयो,
 " तपाईंलाई डरको भर लाग्दैन हो ?"

"आखिर डर के हो ?" एमेरिकानो टेबलमा आइपुग्यो ।

"समय नै डर हो !" उसले छोटोे उत्तर दियो ।

"कसरी ?" कफि सुरुप्प पार्दै सोधे- " भनेपछी समय जो संग छैन उसलाई डर पनि लाग्दैन?"

"समय भित्र भय लुकेको कुरा तय हो ," म तिर एकोहोरिदै भने- " सास लिनबाट सन्यास लिएका लासहरुलाइ के को भय ?"

"ह्वाट डु यु मीन ? आइ एम नट गेटिङ यु !" आफ्नो अनुहार खुम्चाए । "अलि प्रष्ट संग प्रस्ट्याउनु न !"

"म संग समय छैन भन्नुभएको होइन ? म तपाईंलाई समय दिन आएको हु ! भय दिन आएको हु !" उसले म बाट नजर हटाउदै भन्यो- " आइ एम हियर टु गिभ यु फियर, टु गिभ यु अ फियरफुल, ब्युटिफुल लाइफ ! बिकज लाइफ इज अ प्याकेज अफ फियर !"

मलाई भयको परिभाषाले भन्दा पनि त्यो स्ट्रेन्जरको भय लाग्न थाल्यो ।

"हु द हेल आर यु ?" जोड संग चिच्याए ।

मुस्कुराउदै उसले भन्यो, " म मृत्यु हु ! आइ एम डेथ !"

वेटर केटो आत्तिदै म सामु आइपुग्यो र भन्यो, " के भयो सर ? एनिथिङ रङ ? किन चिच्याउनु भएको ?"

आफू सन्मुख बसेको अपरिचित मनुवा तिर फर्किए ।
उ त्यहाँ थिएन । भयको कुरा गर्ने स्ट्रेन्जर बिलय भै'सकेको थियोे ।

"म संग बसेको मान्छे खोइ ?" आफू अघिको खाली कुर्सी तिर हेर्दै भने ।

"को मान्छे सर ?" चकित हुँदै वेटरले भन्यो- " अधि बाट तपाईं मात्रै हुनुहुन्थ्यो । एक्लै कुरा गरिरहनुभको थियो ।"

म त डबल चकित, अचम्मित भए ।
सु लागेर आयो । शौचालयमा सु'लाई सुउउउउउ सुर्काइदिए ।
म आफू एक्लौ बोल्दै थिए ?
यो कसरी सम्भब भयो ?
कतै म भ्रममा भ्रमित त भएन ?

घडीमा दौडिरहेको समयलाई नियाले । दस मिनेट भनेको सत्र मिनेट  गै'सकेछ ।

पैसा तिर्न काउन्टर तिर लागे । काउन्टर संगैको भित्तामा टासिएको एल.इ.डि. मा ब्रेकिङ न्युज टेलिकास्ट भैरहेको थियोे । मेरो ध्यान त्यसैले खिच्यो ।
" बस बिसौनीमा बसलाई बसेर कुरिरहेका यात्रीहरुलाई बिपरित दिशा तर्फबाट अनियन्त्रित गतिमा बत्तेर बत्तिरहेको बसले किच्दा, मिच्दा पाँच जनाको घटना स्थलमै मृत्यु भएको छ !"

म त तेब्बर, चौब्बर चकित , अचम्मित भए ।
दुर्घटना भएको बसबिसौनी त्यही बिसौनी थियोे जहाँ म बसलाई कुरेर बस्ने वाला थिए दुर्घटना हुने समयमा ।

मलाई त्यो इन्ट्रेस्टिङ स्ट्रेन्जरले बचाइदियो । मैले देखेको भ्रम थिएन, मृत्यु नै थियोे जसले मलाई जीवन उपहार दिएर गयो ।
हि सेभ्ड माइ लाइफ ! थ्याङ्क यु डियर डेथ !

साच्चै नै त्यो डेथले म संग नभएको समय मलाई दिएर गयो । भय दिएर गयो । आयु दिएर गयो ।
आखिर समय भनेकै आयु त रहेछ नि !

मेरो मनपसन्द लेखक "George R.R. Martin" को  शरीरनै जिरिङ्ग बनाउने सिरिङ्ग भनाइ छ -
" There is only one "GOD" and his name is "DEATH." There is only one thing we say to death "NOT TODAY. "

Comments

Popular Posts