" Death has no Destination "
त्यो पल पल्लवित थियो ।
जुन अल्पआयुमै स्खलित भइ गयो ।
अहिले त्यो पललाई रिकल गर्दैछु । सम्झिदै छु ।
सुनेको थिए- हरेक सुन्दर बस्तुको आयु कम हुन्छ । के सुन्दर अबिस्मरणिय यादहरुको पनि आयु कम हुन्छ र ?
म चाहिँ यस्तो कुरा मान्दै मान्दिन ।
अबिस्मरणिय यादहरुको त कहाँ आयु हुन्छ र ?
ती त अमर हुन्छन् । अजर हुन्छन् ।
मान्छेको सास पो मर्छ , याद कहाँ मर्छ र !
बुद्धिसागर दाइले भन्नुभएको छ- "मान्छेलाई सासले होइन यादले जिवित राख्छ !"
हामी मर्ने मान्छे संग थुप्रै नमर्ने यादहरु हुन्छन् ।
"उइ मोर्ट्ल पिपुल ह्याभ लट्स अफ इमोर्टल मेमोरिज ।"
जापानीज लेखक हारुकी मुराकामीले भनेकाछन्- " हामी यादहरु बाट भाग्न सक्छौ तर तिनिहरुलाई मेटाउन सक्दैनौ!"
तपाईंहरु सब्बैलाइ त्यो म्याद नभएको याद भन्छु ।
हुन्छ ?
ओके देन !
वेलकम टु माइ वर्ल्ड !
त्यो दिन मेरो मुड एक्दमै गुड थियोे । समय कति भएको थियोे, ठ्याक्कै थाहा भएन । तपाईंहरुलाई नढाटी भन्नुपर्दा मैले धेरै आयु पहिले देखि नै समय हेर्न छोडिसकेको हु ।
त्यसैले त म कुनै ठाउँमा पुग्नुपर्ने समय भन्दा कि छिटो पुग्छु कि त ढिलो।
यत्ती बुझ्नुस मैले आफ्नो बडिमा घडी बाधेको थिएन । मोबाइलको स्क्रिनमा दौडिरहेको समयलाई हेर्ने कष्ट पनि गरेन।
हातमा अस्ति भर्खर किनेको 'क्लेर म्याकिन्टोसको' थ्रीलर किताब 'आइ लेट यु गो' च्यापेको थिए । दुबै कानमा हेड्फोन कोचेको थिए । 'एभ्रील' गाइरहेकि थिइन 'वेन यु आर गन' भन्दै ।
कतै मलाई पो भन्दै थिइन कि ?
आफ्नै मतिमा सुतिरहेको ठमेलको चिल्लो, चिप्लो सडकमा म आफ्नै गतिमा हिडिरहेको थिए ।
अगाडि बाट आइरहेको एउटा खैरे मेरो सन्मुख आएर उभियो ।
उसले आफ्नो ओठमा चुरोट च्यापेको थियो । नजलेको । नसल्काएको ।
मैले एभ्रीलको मुख बन्द गरिदिए ।
"हे म्यान ! डु यु ह्याभ ए लाइटर ?" त्यो डेडलक धारी खैरेले सोध्यो ।
"सरि ! आइ डोन्ट ह्याभ !" हेड्फोनलाइ पुन कानमा टास्दै भने- "आइ डोन्ट स्मोक !"
"इट्स ओको म्यान !" मेरो हातमा भएको किताबलाई इँगित गर्दै सोध्यो- " इज द्याट क्लेर म्याकिनटोस ?
सायद किताबको कभर देख्यो उसले ।
"एस !" मैले किताब देखाउदै भने ।
" क्यान आइ सि इट ?" हात लम्काउदै सोध्यो ।
हातभरी ट्याटु खोपेको त्यो खैरेलाइ मैले किताब थमाइदिए ।
"ह्याभ यु रिड हर अनोदर नोबेल 'आइ सि यु' ?" किताबलाई ओल्टाइ पोल्टाइ गर्दै सोध्यो ।
"नोप ! नट एट !" खैरे नि किताबि किरो रैछ भन्ने थाहा भयो ।
"यु डोन्ट ह्याभ फायर, बट यु डु ह्याभ अ लट अफ डिजायर ! " खैरेले मुस्कुराउदै भन्यो । " आइ केन सी इट !"
मेरो ओठबाट पनि मुस्कान चिप्लिहाल्यो, " हाउ क्यान यु से द्याट ?"
"उड यु लाइक टु ह्याभ अ कप अफ कफि विद मि ?" मेरो प्रश्नलाई वेवास्ता गर्दै भन्यो । "आफ्टर अल, उइ आर बोथ रिडर !"
"थाङ्क यु सो मच सर ! बट आइ थिङ्क आइ एम गेटिङ लेट !" मैले उसको न्यानो प्रस्तावलाई ठुक्राउदै भने- " आइ ह्याभ टु रस !"
उसले मलाई किताब थमाइदियो । म आफ्नो गन्तव्यतिर चिप्लिदै गए । ठमेलको चिल्लो सडकमा त्यो खैरे बिचरा चिल्लै भयो ।
सायद खैरेले सोच्यो होला- डिजायर भएको तर फायर नभएको कस्तो कायर मान्छे रैछ !
सायद पुग्नुपर्ने समय भन्दा बढी समय चिप्लिसकेको थियोे। Buddhi Sagar दाइलाइ फोन घुमाए ।
उहाँले लोकेसन दिनुभयो । म त्यही लोकेसनको बाटो तिर चिप्लिए ।
केही बेरको चिप्लाइ पछि दाइले बताउनुभएको लोकेसनमा पुगे।
टाढै बाट देखे - दाइले म तिर हात हल्लाइरहनु भएको ।
गालामा खोपिल्टो बनाउदै मुस्कुराइ रहनुभएको ।
हामिले चिसो मौसममा तातो कफि पिउदै न्यानो गफ गर्यौ ।
दाइबाट धेरै कुरा थाहा पाइयो, सिक्न पाइयो, उर्जा पाइयो, प्रोत्साहन पाइयो ।
लगभग दुई घन्टाको आयुमा धेरै बाच्न पाइयो ।
दाइ संग छुट्टिएर फर्किदै थिए । समय पाक्दै थियो ।
मैले देखे- अघिको खैरे ओठमा नजलेको, नसल्काइएको चुरोट च्याप्दै एउटा मान्छे संग लाइटर माग्दै थियोे ।
मलाई क्या अजिब लाग्यो !
के त्यो खैरेले लाइटर नपाएकै हो त ?
चुरोट पिउने बानी भएको मान्छेले लाइटर किन नबोकेको होला ?
म सोच्मग्न भएर उसलाई हेर्दै थिए ।
म एकोहोरिएको देखेर होला नजिकैको ह्यान्डी क्राफ्ट पसलको पसलेले भन्यो , " भाइ ! यो खैरे यस्तै हो ! दुई हप्ता जति भो , पूरा ठिस भैसक्यो ! जसलाई नि लाइटर माग्छ ! तर चुरोट चै पिउदैन !"
"किन दाइ, यस्तो भको ?" कौतहल्ता जागेर आयो । " कसरी उ ठिस भयो ?"
" खोइ भाइ, मैले त सुनेको यसको बुढी हिमाल चढ्दा चिप्लिएर मर्या भएर यस्तो भको रे यो !" पसले आफ्नो पसलभित्र पस्दै भन्यो ।
ठिस भएको त्यो खैरेलाइ किताबको बारेमा चै कसरी थाहा भयो ?
फायर खोज्ने खैरे कतै लायर त होईन ?
जे होस इन्टिलिजेन्ट ठिस परेछ क्यारे ।
म केहीबेर मज्जै संगै नमज्जाले टोलाए ।
घुम्न भनी कत्ति पर्यटक अरुको देश आउछन्, तर सबै आफ्नो देश कहा फर्कन सक्दारहेछन र !
हाम्रो देशमा पनि कत्ती बिदेशी आत्माहरु भट्किरहेका होलान् !
गड नोज !
र यो कुरा चाहिँ सत्य हो कि,
हामीले न त जन्मिने ठाउँ तय गर्न सक्छौ, न त मर्ने ठाउँ !
मृत्यु यस्तो बाटो हो, जसको गन्तव्य हुदैन ।
गन्तव्य त बाटोमा हिड्ने पाइलाहरुको पो हुन्छ ।
Death has no Destination !

Comments
Post a Comment